PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

राप्ती आँखा अस्पतालमा दृष्टि प्रदा जाँच सेवा सुरु



रासस

दाङ  : रक्षाचौरस्थित राप्ती आँखा अस्पतालले विशेषज्ञ सेवासँगै दृष्टि प्रदा जाँच सेवा सुरु गरेको छ।
 
अस्पतालले दृष्टि प्रदा जाँच मेसिन खरिद गरी आजदेखि सेवा सुरु गरेको अस्पतालका नेत्र विशेषज्ञ ओमप्रकाश यादवले जानकारी दिए।
 
९० लाखको लागतमा तीनवटा उपकरण खरिद गरी सो अस्पताल र अन्तर्गतका लमही आँखा अस्पताल, बहादुरगन्ज आँखा अस्पतालमा उक्त सेवा सुरु गरेको अस्पतालले जनाएको छ।
 
यो उपकरणले आँखामा जलबिन्दु भए नभएको र आँखाको दृष्टि कस्तो छ सहजै थाहा हुने नेत्र विशेषज्ञ यादवले बताए। यसअघि अस्पतालमा सो सेवा नहुँदा आँखाका बिरामीलाई अस्पतालले अन्यत्र पठाउँदै आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell