PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

​पाल्पामा एक लाख ७१ हजारको मतदाता नामावली तयार



रासस

रामपुर (पाल्पा) : जिल्ला निर्वाचन कार्यालय पाल्पामा हालसम्म एक लाख ७१ हजार ८२८ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। 

जसअन्तर्गत ८२ हजार ३७७ पुरुष र ८९ हजार ४५० जना महिला, एक जना तेस्रोलिङ्गी रहेका छन् । कार्यालयले यस आवमा दुई हजार १०९ पुरुष र एक हजार ५७१ महिला गरी जम्मा तीन हजार ६८० जनाको मतदाता नामावलीमा नाम दर्ता गराएको निर्वाचन कार्यालयका सूचना अधिकारी थमन सारुले जानकारी दिए। 

कार्यालयले जिल्लाका ६० गाविस दुई नगरपालिका गरी ९० वटा केन्द्रबाट चरणबद्ध रुपमा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने कार्य गर्दै आएको छ। अहिले निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमार्फत जुनसुकै बेला पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने व्यवस्था रहेको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ। 


निःशुल्क स्वास्थ्य शिविर

मल्याङ्कोटमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय ५१ जनाले सेवा लिएका छन्। 

मल्याङ्कोट गाविसको आयोजना र मल्याङ्कोट पोखरा सम्पर्क मञ्च कास्कीको व्यवस्थापनमा शिविर सञ्चालन भएको हो। स्वास्थ्य चौकी भवन बाहुनडाँडामा चलेको शिविरमा कास्की सेवा अस्पताल पोखराका १३ जना स्वास्थ्यकर्मीको टोलीले सेवा दिएका थिए। 

शिविरमा छाला, हाडजोर्नी, नसा, बालरोग, महिलासम्बन्धी लगायतका रोगको परीक्षण तथा उपचार गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell