PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

धानको मूल्य प्रति क्विन्टल २ हजार ४ सय निर्धारण



रासस

कलैया : जिल्ला मूल्य निर्धारण समितिले आव २०७३/७४ का लागि धान र मकैको मूल्य निर्धारण गरेको छ।
 
प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरको अध्यक्षतामा सोमबार बसेको जिल्ला मूल्य निर्धारण समितिको बैठकले चालु आवका लागि धान प्रतिक्विन्टल रु दुई हजार ४०० तथा मकै प्रतिक्विन्टल रु दुई हजार ८०० निर्धारण गरेको छ।
 
मोहीले यस वर्ष जग्गाधनीलाई बुझाउनुपर्ने कुत बालीबापतको निर्धारण मूल्यअनुसारको रकम भूमिसुधार कार्यालयमा जग्गाधनीको नाममा यही फागुन मसान्तसम्म धरौटी जम्मा गर्नुपर्ने भूमिसुधार कार्यालयका प्रमुख रामकृष्ण उप्रेतीले बताए।
 
आव २०७२/७३ मा समितिले धानको मूल्य प्रतिक्विन्टल रु दुई हजार ३०० र मकैको मूल्य प्रतिक्विन्टल रु दुई हजार ८०० निर्धारण गरेको थियो। एक हजार ७०१ मोहीले रु एक करोड दुई लाख ४१ हजार जग्गाधनीको नाममा सो कार्यालयमा धरौटी जम्मा गरेका कार्यालयका लेखा सहायक रामएकवाल राउतकुर्मीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell