PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

राप्रपा कास्कीको अध्यक्षमा जयलाल पुन निर्वाचत



रासस

पोखरा : राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीको अध्यक्षमा जयलाल पुन निर्वाचित भएका छन्। 

पुन ८६ मत ल्याई निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नारायण गुरुङले ६७ मत पाएका थिए। निर्वाचन समितिले मतपरिणाम आइतबार घोषणा गरेको थियो। 

त्यस्तै २६ जनाको कार्य समितिमा मोतीमान शाक्य, धनमाया कोइराला, निरु थापा, ईश्वरी वैरागी, नेत्रबहादुर बस्नेत, फूलदेवी शाही, कृपा पौडेल, सूर्य वाँस्तोला, सुष्मा त्रिपाठी, विजुलीप्रसाद गुरुङ, हरिप्रसाद बराल, रञ्जनासेन पौडेल, गणेश ढकाल, धर्मेन्द्रबहादुर थापा, कृष्णराज अधिकारी, रामबहादुर तामाङ, मीना सुवेदी, शर्मिला ओझा, युद्धबहादुर कोइराला, निर्मल गौतम, कृष्णबहादुर केसी, प्रकाश कुँवर, सीता जिसी, लालबहादुर शाही, वीरेन्द्र ढकाल र हाजिल दिलमियाँ निर्वाचित भएका छन्। 

पार्टीको क्षेत्र नं १ बाट देउप्रसाद गुरुङ, २ बाट गीता गुरुङ, ३ बाट असिलकुमार शाही, ४ बाट तीर्थराज सुवेदी तथा पोखरा उपमहानगरपालिकाको अध्यक्षमा रमेशबहादुर खत्री र लेखनाथ नगरपालिकाको अध्यक्षमा तीर्थराज सुवेदी निर्वाचित भएका छन्। 

केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि महिला, दलित, जनजाति र अन्य क्षेत्र समेतबाट एक क्षेत्रबाट नौ जना, जिल्ला कार्य समितिबाट नौ जना, पोखरा उपमहानगरपालिकाबाट ३ र लेखनाथ नगरपालिकावाट २ गरी ५० जना छनोट भएको पार्टीका नेता भीमराज भण्डारीले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell