PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

  • नेपाल टेलिकमले धरहरा पुननिर्माण योजना ल्याउने

    नेपाल टेलिकमले धरहरा पुननिर्माण योजना ल्याउने

    काठमाडौँ : गत वर्षको भूकम्पले भत्किएका धरहराको पुननिर्माण नेपाल सरकार र नेपाल टेलिकमले संयुक्त रुपमा गर्ने भएका छन्। नेपाल टेलिकमका सहप्रवक्ता रोमन अधिकारीले धरहरा पुननिर्माणको प्रस्ताव पुरातत्व विभागमा लैजाने गृहकार्य भइरहेको बताउँदै करिब ४२ रोपनी क्षेत्रफलमा पुननिर्माण हुने धरहरा परिसरमा पार्किङ सुविधासहितको पार्क, सङ्ग्रहालय, बच्चाका लागि खेल्ने पार्कलगायत निर्माण गरिने गरी प्रस्ताव गर्ने योजना टेलिकमले लिएको जानकारी दिए। करिब चार…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा खानेपानी परियोजना कार्यान्वयनका लागि जापानको साढे ४ अर्ब सहयोग

    पोखरामा खानेपानी परियोजना कार्यान्वयनका लागि जापानको साढे ४ अर्ब सहयोग

    काठमाडौँ : जापान सरकार पोखरामा खानेपानी आपूर्ति सुधार परियोजना कार्यान्वयनका लागि चार अर्ब ५३ करोड ९० लाख रुपैयाँ अनुदान सहयोग गर्न सहमत भएको छ।   अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थ सचिव डा. शान्तराज सुवेदी र नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले सम्झौता पत्रममा हस्तारक्षर गरेका छन्।   उक्त परियोजना कार्यान्वयनमा जापानले उपलब्ध गराउने अनुदान सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक…

    विस्तृतमा पढ्नुस्

  • जुम्लामा मानसिक रोगीको सङ्ख्या बढ्दै, महिला र किशोरी बढी जोखिममा

    जुम्ला : जुम्लामा मानसिक रोगीको सङ्ख्या बर्सेनि बढ्दै गएको छ।   सन् २०१४ मा ७८ जना मानसिक रोगी देखिएकामा सन् २०१६ मा सो सङ्ख्या बढेर २१६ पुगेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लासँगको समन्वयमा बहुसांस्कृतिक मनोसामाजिक संस्थाले गरेको सर्वेक्षण अनुसार पछिल्लो समयमा मानसिक रोगीको सङ्ख्या बढ्दै गएको छ।   कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान डा. अनुप मङ्गल समालले समाजमा…

    विस्तृतमा पढ्नुस्

  • गणतन्त्रलाई सुदृढ बनाउन निर्वाचन आवश्यक : एमाले उपाध्यक्ष शाक्य

    काठमाडौँ : नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले तीनै तहको निर्वाचन गरेर लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएकी छन्। एमाले प्रचारप्रसार विभाग र प्रेस चौतारी नेपालको आयोजनामा भएको प्रेस चौतारी नेपालको प्रदेश नं ३ स्तरीय प्रचार भेलालाई ललितपुरमा आज सम्बोधन गर्दै उनले अहिलेको देशको व्यवस्था प्रणालीलाई स्थायित्व बनाउनका लागि निर्वाचन अपरिहार्य भएको बताइन्। 'व्यवस्था परिवर्तनसँगै हामीले उपलब्धिलाई बलियो बनाउन सकेनौँ' उनले…

    विस्तृतमा पढ्नुस्

  • बैतडीमा एक महिनादेखि मोबाइल सेवा अवरुद्ध

    बैतडीमा एक महिनादेखि मोबाइल सेवा अवरुद्ध

    बैतडी : जिल्लाको कुवाकोटमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आएपछि पुरचौडी क्षेत्रका करिब एक दर्जन गाविसका स्थानीय बासिन्दा सञ्चारविहीन भएका छन्।   कुवाकोट–३ मा रहेको नेपाल टेलकमको टावरमा खराबी आएपछि पुरचौडी क्षेत्रका अधिकांश गाविसमा जिएसएम नमस्ते सेवा अवरुद्ध भएको हाट स्वास्थ्य चौकीका प्रमुख विनोद कुँवरले जानकारी दिए।   विगत एक महिनादेखि घाम लागेको समयमा लाइन आउने साँझ बिहान मोबाइल सेवा…

    विस्तृतमा पढ्नुस्

  • चितवनका भूकम्प प्रभावित चेपाङ कष्टकर जीवन बिताउन बाध्य

    नारायण अधिकारी चितवन : सुगम जिल्ला भएकाले यहाँका अधिकांशको चिन्ता बासको भन्दा गासको हुन्छ। तर भूकम्पका कारण गत वर्ष वास पनि गुमाएका पहाडी क्षेत्रका जनता भने गास र वास दुवैको चिन्तामा दोस्रो जाडो पनि काट्दै छन्।   जिल्लाका पहाडी क्षेत्रमा चेपाङ समुदायको बाहुल्यता छ। भूकम्पको सबैभन्दा बढी प्रभाव पहाडमा नै परेको थियो।   हालसम्मको तथ्याङ्कअनुसार जिल्लामा १८ हजार ५७२ घरधुरीले…

    विस्तृतमा पढ्नुस्

  • ‘एक्सिलेन्ट लिडरसिप अवार्ड’ बाट तीन पर्यटनकर्मी सम्मानित हुने

    पोखरा : पोखरा गाउँ पर्यटन प्रवर्द्धनमा सक्रिय ‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ)' पोखरा शाखाले गाउँ पर्यटनको विकासमा योगदान गर्ने तीनजना अगुवालार्ई सम्मान गर्ने भएको छ। गाउँ पर्यटनका नायक रुद्रमान गुरुङको प्रथम स्मृतिमा आगामी फागुन १५ गते पोखरामा एक समारोहबीच सामुदायिक होमस्टेको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याएका स्याङ्जा, सिरुबारीका पर्यटन संयोजक जुम गुरुङ, लमजुङ घलेगाउँका पर्यटन समिति अध्यक्ष प्रेम घले…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाको महाधिवेशनमा करिब १ करोड ५० लाख खर्च हुने

    काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न महाधिवेशनमा करिब एक करोड ५० लाख  रुपैयाँ खर्च गर्ने भएको छ।   पार्टीको महाधिवेशनमा देश तथा विदेशबाट सहभागी हुन आउने प्रतिनिधि, पर्यवेक्षकलाई खान, बस्न तथा महाधिवेशनका लागि मञ्च व्यवस्थापन, प्रचारप्रसारका लागि सो रकम खर्च गर्न लागिएको हो।   सो रकम पार्टीका नेता तथा कार्यकर्ताबाट सङ्कलन गरिने जनाइएको छ। पार्टीले यही फागुन ६ गतेदेखि ९…

    विस्तृतमा पढ्नुस्

  • विदेशी मुद्रासहित एक युवक विमानस्थलबाट पक्राउ

    काठमाडौँ : विदेशी मुद्रा १३ हजार १८० युरोसहित प्रहरीले एक युवकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।   कतार एयरवेजको उडानबाट काठमाडौँ–दोहा हुँदै जर्मन जान लागेका चन्द्रागिरि नगरपालिकाका सुरजकुमार राईलाई मङ्गलबार विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो।   राईले आफ्नो हाते झोलामा किताबभित्र लुकाइछिपाइ लैजान लागेको अवस्थामा जाँचका लागि एक्सरे गर्ने क्रममा उक्त मुद्रा फेला परेको प्रहरीले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • प्रधान सेनापतिद्वारा सेनाको सहयोगमा निर्मित सेवाश्रमको उद्घाटन

    लप्सेफेदी (काठमाडौँ) : नेपाली सेना कल्याणकारी कोषको सहयोगमा जेपी प्रतिष्ठान (मैत्री सेवाश्रम) ले निर्माण गरेका ‘ज्येष्ठ नागरिक ग्राम’को आज एक समारोहबीच प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उद्घाटन गरेका छन्।   राजधानी नजिकैको शङ्खरापुर नगरपालिका–४ स्थित लप्सेफेदीमा निर्माण गरिएका उक्त ग्राममा कोषको सहयोगमा १० वटा सुविधायुक्त भवन निर्माण भएका छन्।     सो अवसरमा प्रधानसेनापति क्षेत्रीले प्रतिष्ठानले ज्येष्ठ नागरिकको सम्मान तथा स्वास्थ्य, सभ्य र…

    विस्तृतमा पढ्नुस्

  • वैशाखभित्रमा जसरी पनि स्थानीय तहको निर्वाचन गर्ने : प्रधानमन्त्री

    वैशाखभित्रमा जसरी पनि स्थानीय तहको निर्वाचन गर्ने : प्रधानमन्त्री

    पाँचथर : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन प्रमुख राजनीतिक दलबीच अनौपचारिक रुपमा सहमति बनिसकेकाले अब जसरी पनि वैशाखभित्रमा स्थानीय तहको निर्वाचन हुने बताएका छन्।   पाँचथरको याङनाम र नागिनको सिमानामा बग्ने ‘हेवा खोला’ जलविद्युत् परियोजना ‘ए’ को आज उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।   उनले भने, 'मङ्गलबार बेलुका र आज बिहान मात्रै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा…

    विस्तृतमा पढ्नुस्

  • प्रेमप्रस्ताव अस्वीकार गर्दा छतबाट हामफालेर आत्महत्या

    रत्ननगर (चितवन) : प्रेमप्रस्ताव अस्वीकार गर्दा चितवनमा एक युवाले घरको छतबाट हामफालेर आत्महत्या गरेका छन्।   चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार 'भ्यालेन्टाइन डे' का दिन साँझ फूल लिएर एक युवतीलाई प्रेमप्रस्ताव राख्दा नमानेपछि सुनसरी घर भई भरतपुर १० ओमशान्ति चोक बस्दै आएका २० वर्षीय विकल चौधरीले आत्महत्या गरेका हुन्।   'कक्षा ९ मा पढ्दै आएकी एक किशोरी बसेको घरमा…

    विस्तृतमा पढ्नुस्

  • सार्वजनिक निजी साझेदारीमा पूर्वाधार विकासका कार्यक्रम अघि बढाइने

    काठमाडौँ : सार्वजनिक निजी साझेदारीमा पूर्वाधार विकासका कार्यक्रम अघि बढाउन व्यवस्थापिका–संसद्को विकास समितिले सरकारका सम्बन्धित मन्त्रालयसँग छलफल अघि बढाउने भएको छ।   नेपाल उद्योग परिसङ्घले छनोट गरेका १० पूर्वाधार विकासका सोचकर्तासँग आज समिति बैठकमा भएको छलफलपछि समितिले यस्तो निर्णय गरेको हो। पूर्वाधार विकासमा छुट्टै अधिकार सम्पन्न प्राधिकरण आवश्यक छ वा छैन भन्ने विषयमा निजी क्षेत्रसँग पनि छलफल गरिने समिति सभापति…

    विस्तृतमा पढ्नुस्

  • नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय : परराष्ट्रमन्त्री

    काठमाडौँ : परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपालले गएको दशकमा प्राप्त गरेको शान्ति प्रक्रियाको सफलता र अनुभव विश्वका लागि एक उदाहरणीय कार्य भएको बताएका छन्।   ब्रसेल्समा आयोजित शान्ति र मध्यस्थतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई गएराति सम्बोधन गर्दै मन्त्री डा. महतले शान्ति सम्झौतापछिको नेपालको यो पछिल्लो १० वर्ष नेपाललाई सशस्त्र द्वन्द्वबाट शान्तिपूर्ण प्रजातान्त्रिक अवस्थासम्म ल्याउनका लागि एक सफल घटना हो भनी चर्चा गरेका…

    विस्तृतमा पढ्नुस्

  • लम्की बहुमुखी क्याम्पस प्रमुखसहित तीन जना सम्पर्कविहीन

    धनगढी : स्वतन्त्र विद्यार्थी युनियनको चुनावको पूर्वसन्ध्यामा कैलालीको लम्कीस्थित लम्की बहुमुखी क्याम्पसका प्रमुखसहित तीन जना आज दिउँसोबाट सम्पर्कविहीन भएका छन्। इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक नैनसिंह कार्कीले क्याम्पसका प्रमुख भीष्म थापा, सहायक प्रमुख अम्बर रावल र निर्वाचन अधिकृत कमल विष्टको फोन ‘स्वीच अफ’ भई सम्पर्कविहीन भएकाले उनीहरुको खोजी भइरहेको जानकारी दिए। उनीहरु अपहरणमा परे/नपरेकाबारे अहिल्यै भन्न नसकिने कार्कीले बताए।…

    विस्तृतमा पढ्नुस्

  • ​प्रधानमन्त्रीको सन्देश लिएर दिल्ली पुगेका नारायणकाजीले भने ‘आन्तरिक मामिलामा चासो नदिँनुस्’

    ​प्रधानमन्त्रीको सन्देश लिएर दिल्ली पुगेका नारायणकाजीले भने ‘आन्तरिक मामिलामा चासो नदिँनुस्’

    काठमाडौँ : भारत भ्रमणमा रहेका नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो नलिन भारतीय नेताहरुलाई आग्रह गरेका छन्।  भारतको राजधानी नयाँ दिल्लीमा आज भारतीय राष्ट्रिय काँग्रेसका नेता करण सिंह, मणि शङ्कर र आनन्द शर्मासँगको भेटमा नेपालको आन्तरिक विषय नेपालका राजनीतिक दलको सहमति र सहकार्यमा नै अगाडि बढ्नु भएकाले अनावश्यक चासो नराख्न नेता श्रेष्ठले आग्रह गरेको उनको सचिवालयले…

    विस्तृतमा पढ्नुस्

  • ​परराष्ट्रमन्त्री महत र बेल्जियमका विदेशमन्त्री रेन्डसबीच भेटवार्ता

    ​परराष्ट्रमन्त्री महत र बेल्जियमका विदेशमन्त्री रेन्डसबीच भेटवार्ता

    काठमाडौँ : बेल्जियम भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र बेल्जियमका उपप्रधान एवम् विदेशमन्त्री दिदर रेन्डसबीच ब्रसेल्समा द्विपक्षीय भेटवार्ता भएको छ।  भेटमा दुई देशबीचको सम्बन्ध र आपसीहितका बिषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  भेटका अवसरमा उनीहरुबीच विकास सहयोग, व्यापार, लगानी तथा पर्यटनका विषयमासमेत कुराकानी भएको छ। दुई देशका विदेशमन्त्रीस्तरको द्विपक्षीय संयुक्त संयन्त्रको निर्माणका विषयमा समेत सहमति भएको जनाइएको…

    विस्तृतमा पढ्नुस्

  • दाजुलाई बचाउन खोज्दा भिरबाट लडेर दाजुभाइको मृत्यु

    बैतडी : भिरबाट लडेर गाँजरीमा दाजुभाइको सोमबार मृत्यु भएको छ। मृत्यु हुनेमा गाँजरी–२ का ४० वर्षीय करे धामी र उनका ३० वर्षीय भाइ परे रहेको स्थानीयवासी वसन्त विष्टले जानकारी दिए। साँझ दुदिलाखान बजारबाट घर जाने बेला स्थानीय भानुभीरबाट खसेर घटनास्थलमै तिनको ज्यान गएको बताइएको छ। दाइ भिरबाट लड्दा भाइले बचाउन खोज्दा दुवै जना भिरबाट लडेको विष्टले जानकारी दिए। जिल्ला प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • साहित्यकार शर्मा मानार्थ प्राध्यापकका रुपमा सम्मानित

    साहित्यकार शर्मा मानार्थ प्राध्यापकका रुपमा सम्मानित

    काठमाडौँ : एमिटी विश्वविद्यालय भारत हरियाणाले साहित्यकार युयुत्सु आरडी शर्मालाई मानार्थ प्राध्यापकको रुपमा सम्मान गरेको छ।   आफ्नो सन् २०१६ को हालै आयोजित तेस्रो दीक्षान्त समारोहमा संस्थापक अध्यक्ष तथा कुलपति अशोक के चौहान, वर्तमान कुलपति असिम के चौहान र उपकुलपति पिबी शर्माले एमिटी विश्वविद्यालय गुडगावँमा साहित्यकार शर्माले अविचलित रही अङ्ग्रेजी कविताका क्षेत्रमा उत्कृष्टता हासिल गर्न लागिपरेको र असाधारण सिर्जनशील गुण…

    विस्तृतमा पढ्नुस्

  • नियम विपरीत चलेका सवारीबाट ५८ हजार राजस्व सङ्कलन

    सिन्धुली : जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले सोमबार विभिन्न स्थानमा गरेको सवारी कारबाहीबाट रु ५८ हजार राजस्व सङ्कलन गरेको छ। बिपी राजमार्गमा तीव्र गतिमा सवारी चलाउने र ट्राफिक नियम विपरीत सवारीसाधन चलाउने ४० चालक तथा सवारीसाधनलाई गरिएको कारबाहीबाट सो राजस्व सङ्कलन भएको हो। बिपी राजमार्गमा तीव्र गतिमा सवारी चलाउने क्रम बढेको गुनासो बढेपछि ट्राफिक प्रहरीले गरेको सवारी कारबाहीबाटै राजस्व सङ्कलन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell