PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

गणतन्त्रलाई सुदृढ बनाउन निर्वाचन आवश्यक : एमाले उपाध्यक्ष शाक्य



रासस

काठमाडौँ : नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले तीनै तहको निर्वाचन गरेर लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएकी छन्।

एमाले प्रचारप्रसार विभाग र प्रेस चौतारी नेपालको आयोजनामा भएको प्रेस चौतारी नेपालको प्रदेश नं ३ स्तरीय प्रचार भेलालाई ललितपुरमा आज सम्बोधन गर्दै उनले अहिलेको देशको व्यवस्था प्रणालीलाई स्थायित्व बनाउनका लागि निर्वाचन अपरिहार्य भएको बताइन्।

'व्यवस्था परिवर्तनसँगै हामीले उपलब्धिलाई बलियो बनाउन सकेनौँ' उनले भनिन्, 'मुलुकको व्यवस्थालाई बलियो र समृद्धि बनाउन निर्वाचन नै एकमात्र विकल्प हो।'
 
उनले व्यवस्था परिवर्तन मात्र भएर मात्र मुलुक अगाडि बढ्न नसक्ने बताउँदै व्यवस्थासँगै राजनीतिक दलका नेतामा मुलुक बनाउने सोचाइमा परिवर्तन आउनुपर्ने धारणा राखिन्।
 
उनले निर्वाचन नगर्न सरकारले अनेक बहाना बनाइरहेको भन्दै तीनै तहको एकैपटक निर्वाचन घोषणा गर्न माग गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell