PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

प्रेमप्रस्ताव अस्वीकार गर्दा छतबाट हामफालेर आत्महत्या



रासस

रत्ननगर (चितवन) : प्रेमप्रस्ताव अस्वीकार गर्दा चितवनमा एक युवाले घरको छतबाट हामफालेर आत्महत्या गरेका छन्।
 
चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार 'भ्यालेन्टाइन डे' का दिन साँझ फूल लिएर एक युवतीलाई प्रेमप्रस्ताव राख्दा नमानेपछि सुनसरी घर भई भरतपुर १० ओमशान्ति चोक बस्दै आएका २० वर्षीय विकल चौधरीले आत्महत्या गरेका हुन्।
 
'कक्षा ९ मा पढ्दै आएकी एक किशोरी बसेको घरमा पुगेर प्रेमप्रस्ताव गर्दा उनले नमानेपछि तीनतले घरको छतबाटै हामफालेर आत्महत्या गरेको देखियो', प्रहरी प्रमुख थापाले भने।
 
उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। घटना मङ्गलबार साँझको भए पनि अहिलेसम्म शव अस्पतालमै रहेको र दुई पक्षबीच छलफल गरेर शव परिवारलाई बुझाइने उनले जानकारी दिए। अर्जुन श्रेष्ठको घरमा डेरा गरेर बस्दै आएकी ती किशोरी भेट्न विकल त्यहीँ पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell