PahiloPost

Jun 14, 2025 | ३२ जेठ २०८२

​प्रधानमन्त्रीको सन्देश लिएर दिल्ली पुगेका नारायणकाजीले भने ‘आन्तरिक मामिलामा चासो नदिँनुस्’



रासस

​प्रधानमन्त्रीको सन्देश लिएर दिल्ली पुगेका नारायणकाजीले भने ‘आन्तरिक मामिलामा चासो नदिँनुस्’

काठमाडौँ : भारत भ्रमणमा रहेका नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो नलिन भारतीय नेताहरुलाई आग्रह गरेका छन्। 

भारतको राजधानी नयाँ दिल्लीमा आज भारतीय राष्ट्रिय काँग्रेसका नेता करण सिंह, मणि शङ्कर र आनन्द शर्मासँगको भेटमा नेपालको आन्तरिक विषय नेपालका राजनीतिक दलको सहमति र सहकार्यमा नै अगाडि बढ्नु भएकाले अनावश्यक चासो नराख्न नेता श्रेष्ठले आग्रह गरेको उनको सचिवालयले जनाएको छ। 

नेकपा(माओवादी केन्द्र), विदेश विभाग प्रमुख एवम् पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले आजै अखिल भारत नेपाली एकता मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै संविधान कार्यान्वयन प्रक्रियालाई अन्तिम रुप दिन सरकारले निर्वाचनको मिति घोषणाको तयारी गरिरहेको जानकारी दिए। 

निर्वाचन घोषणाका विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता सकारात्मक भएलगत्तै नेता श्रेष्ठ चारदिने भारत भ्रमणमा निस्एिका हुन्। मङ्गलबार नेता श्रेष्ठले सत्तारुढ भारतीय जनता पार्टीका शीर्ष नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell