PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

प्रधान सेनापतिद्वारा सेनाको सहयोगमा निर्मित सेवाश्रमको उद्घाटन



रासस

लप्सेफेदी (काठमाडौँ) : नेपाली सेना कल्याणकारी कोषको सहयोगमा जेपी प्रतिष्ठान (मैत्री सेवाश्रम) ले निर्माण गरेका ‘ज्येष्ठ नागरिक ग्राम’को आज एक समारोहबीच प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उद्घाटन गरेका छन्।
 
राजधानी नजिकैको शङ्खरापुर नगरपालिका–४ स्थित लप्सेफेदीमा निर्माण गरिएका उक्त ग्राममा कोषको सहयोगमा १० वटा सुविधायुक्त भवन निर्माण भएका छन्।  
 
सो अवसरमा प्रधानसेनापति क्षेत्रीले प्रतिष्ठानले ज्येष्ठ नागरिकको सम्मान तथा स्वास्थ्य, सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने परिकल्पनाका साथ अघि बढाएको कार्य सह्रानीय रहेको बताए।
 
सेवानिवृत्त, स्वतन्त्र र शान्तमय जीवनयापन गर्न चाहनेलाई प्राकृतिक स्वच्छ वतावरणमा निर्माण गरिएको सुविधा सम्पन्न यस आश्रमले ज्येष्ठ नागरिलाई पुर्‍याउने सेवा पुज्यनीय हुने विश्वास व्यक्त गर्दे उनले भने, 'यस स्थानको ऐतिहासिक, पौराणिक र धार्मिक महत्वसमेत रहेको छ।'
 
प्रधानसेनापति क्षेत्रीले 'अहोरात्र राष्ट्रसेवकको रुपमा खटिई सेवानिवृत्त सैनिक व्यक्ति पनि हिताधिकारी बन्ने यो कल्याणकारी कोषअन्तर्गतको परियोजनामा भएको हुँदा यो सेवा आश्रम र नेपाली सेनाबीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे।'
 
प्राकृतिक स्वच्छ वातावरणमा निर्मित आश्रमले ज्येष्ठ नागरिकको मन जित्न सफल हुने बताउँदै उनले प्रतिष्ठानको पवित्र र सुन्दर समाजको परिकल्पनामा नेपाली सेनाले हातेमालो गर्दै कल्याणकारी कोषको माध्यमबाट आवद्ध हुने अवसर पाएकोमा खुसी व्यक्त गरे।
 
प्रतिष्ठानले उक्त स्थानमा सेनाको सहयोगमा १०, सरकारको सहयोगमा सार्वजनिक निजी साझेदारीमा नौ र चन्दा सहयोग उठाएर ११ गरी जम्मा ३० वटा भवन निर्माण गरेको छ। सरकारको अनुदान सहयोगमा निर्मित साढे चारतले ज्येष्ठ नागरिक (जेरियाट्रिक) भवनको मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन्।
 
२०६९ बाट निर्माण सुरु गरिएको मैत्री सेवाश्रम १० वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ। यसको कुल लागत रु पाँच अर्ब लाग्ने र हालसम्म रु १८ करोड खर्च भएको प्रतिष्ठानका अध्यक्ष दाहालले जानकारी दिनुभयो ।
 
यसैबीच प्रतिष्ठानले मैत्री आश्रममै यही फागुन ३ देखि ११ गतेसम्म ‘माता पिता भक्ति भूमि पुजन ज्ञान महायज्ञ’ आयोजना गरेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell