PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

लम्की बहुमुखी क्याम्पस प्रमुखसहित तीन जना सम्पर्कविहीन



रासस

धनगढी : स्वतन्त्र विद्यार्थी युनियनको चुनावको पूर्वसन्ध्यामा कैलालीको लम्कीस्थित लम्की बहुमुखी क्याम्पसका प्रमुखसहित तीन जना आज दिउँसोबाट सम्पर्कविहीन भएका छन्।

इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक नैनसिंह कार्कीले क्याम्पसका प्रमुख भीष्म थापा, सहायक प्रमुख अम्बर रावल र निर्वाचन अधिकृत कमल विष्टको फोन ‘स्वीच अफ’ भई सम्पर्कविहीन भएकाले उनीहरुको खोजी भइरहेको जानकारी दिए।

उनीहरु अपहरणमा परे/नपरेकाबारे अहिल्यै भन्न नसकिने कार्कीले बताए। विप्लब नेतृत्वको नेकपा माओवादीको भातृ सङ्गठनले स्ववियु निर्वाचन प्रक्रिया अगाडि नबढाउन चेतावनी दिएको जनाइएको छ। स्ववियु निर्वाचनका लागि आजबाट निर्वाचनको कार्यतालिका प्रकाशन गर्ने तयारी थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell