PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

  • आधुनिक कृषि औजार प्रयोग गर्ने कृषकलाई पचास प्रतिशतसम्म अनुदान

    काठमाडौँ : सरकारले आधुनिक कृषि औजार प्रयोग गरी कृषि पेसालाई बढवा दिने कृषकलाई ५० प्रतिशतसम्म अनुदान दिने तयारी गरेको छ। आज काठमाडौँमा नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ, फ्युचर एक्स प्रालि र मिडिया स्पेस सोलुसन प्रालिले संयुक्त रुपमा गरेको प्रथम अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा कृषि विकास मन्त्री गौरीशङ्कर चौधरीले कृषिलाई आधुनिकीकरण गर्न नसक्दासम्म देश कृषि पेसामा आत्मनिर्भर बन्न नसक्ने बताए। उनले युवा…

    विस्तृतमा पढ्नुस्

  • शल्यक्रिया सेवाका लागि तेह्र अस्पतालमा प्रिफ्याब भवन बन्ने

    काठमाडौँ : स्वास्थ्य मन्त्रालयले २४ सै घन्टा आकस्मिक शल्यक्रिया सुरु गर्न भौतिक पूर्वाधार नभएका १३ वटा जिल्ला अस्पतालमा प्रिफ्याब भवन निर्माण गर्ने भएको छ।   अहिले झन्डै ३० जिल्ला अस्पतालमा केहीमा भौतिक पूर्वाधार भए पनि विशेषज्ञ चिकित्सक छैनन् भने कतै शल्यक्रियाका लागि आवश्यक भवनको अभाव भएकाले आकस्मिक शल्यक्रियाका लागि पनि समस्या हुने गरेको छ।   स्वास्थ्यमन्त्री गगन थापाका प्रमुख सल्लाहकार…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा करौँडो मूल्यको चरेससहित पाँच पक्राउ

    विराटनगर : अन्तर्राष्ट्रिय बजारमा करोडौँ मूल्य पर्ने ५१ किलो चरेससहित पाँच जना पक्राउ परेका छन्।  प्रहरीले विराटनगरको एक होटलबाट बिहीबार अपराह्न ५१ किलो ४ सय ग्राम चरेससहित पाँच जनालाई पक्राउ गरेको हो। पक्राउ परेकालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। मकवानपुरको टिस्टुङ–५ बस्ने १८ वर्षीय प्रतापसिंह गोले र १९ वर्षीय वुद्ध बम्जन, काभ्रेपलाञ्चोकको नयाँगाउँ देउपुर–४ बस्ने १८ को राम गुरुङ, वर्ष १७…

    विस्तृतमा पढ्नुस्

  • नयाँ खेलकूद ऐन आउने

    रुकुम : सरकारले खेलकूदको विकासका लागि नयाँ ऐन ल्याउने भएको छ।   युवा तथा खेलकूदमन्त्री दलजित श्रीपाइलीले आज रुकुममा छैटौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटनका क्रममा पन्ध्रवर्षीय खेलकूद गुरुयोजना निर्माणको काम पनि अन्तिम चरणमा पुगेको बताउँदै खेलकूदको विकासका लागि खेलकूद विश्वविद्यालय, खेलकूद ग्राम र खेलकूद प्रतिष्ठान निर्माणको तयारीमा मन्त्रालय लागेको समेत अवगत गराए।   जिविसको आयोजनामा खोलागाउँको सर्कनामा सुरु भएको…

    विस्तृतमा पढ्नुस्

  • टेनिस च्याम्पियनसिप–डबल्सको उपाधि भारतीय खेलाडीलाई

    टेनिस च्याम्पियनसिप–डबल्सको उपाधि भारतीय खेलाडीलाई

    काठमाडौं : नेपाल आइटीएफ जुनियर अठार वर्षमुनि (यु–१८) टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट– २ को डबल्स उपाधि भारतीय खेलाडीले जितेका छन्। सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष डबल्सको फाइनल खेलमा भारतका आदित्य ऐयर र पियुष सुरेन्द्र सलेकरको जोडीले सर्किट– १ का विजेता आफ्नै राष्ट्रका गुन्जन जाधव र अथर्व शर्माको जोडीलाई ७–६ र ७–५ को सेटमा पराजित गरे ।   त्यस्तै महिला डबल्सको उपाधि…

    विस्तृतमा पढ्नुस्

  • परराष्ट्रमन्त्री महत र युरोपेली आयोगका अध्यक्ष जङ्करबीच भेटवार्ता

    काठमाडौँ : परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बुधबार युरोपेली आयोगका अध्यक्ष जीन–क्लड जङ्करसँग ब्रसेल्सस्थित उनकै कार्यालयमा भेटवार्ता गरेका छन्।   भेटका अवसरमा परराष्ट्रमन्त्री डा. महतले नेपालको मानवीय तथा सामाजिक विकास, कृषि तथा व्यापार लगायतका क्षेत्रमा युरोपेली सङ्घको सहयोगको स्वागत गर्दै नेपालको पूर्वाधार निर्माण र सीप विकासमा पनि उच्चस्तरको सहयोगका लागि अनुरोध गरे। युरोपेली सङ्घको नेपाललाई सहयोग जारी रहने विश्वास दिलाउँदै अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • कुपोषणका कारण जाजरकोटमा एक नाबालकको मृत्यु

    जाजरकोट : कुपोषणका कारण जाजरकोटमा एक नाबालकको मृत्यु भएको छ।   मृत्युहुनेमा जाजरकोट पजारु–९ का १४ महिने नाबालक अनेगत नेपाली रहेको स्थानीय स्वास्थ्य संस्थाका वरिष्ठ अहेब प्रेमबहादुर शाहीले बताए।   चौध महिनाका बालकको तौल पाँच केजी रहेकोमा उपचारका लागि रकम जुटाएर सदरमुकाम खलङ्गा लग्ने तयारी गर्दै गर्दा बुधबार बेलुकी उनको मृत्यु भएको स्थानीयवासी गोपाल गिरीले बताए।   आमा हिरा नेपाली…

    विस्तृतमा पढ्नुस्

  • चितवन सुधार मार्गचित्र २०७३ घोषणा

    चितवन सुधार मार्गचित्र २०७३ घोषणा

    चितवन : नेपाली नागरिकलाई छिटो, सहज र सरल तरिकाले सार्वजनिक सेवा प्रदान गर्नका लागि चितवन सुधार मार्ग चित्र २०७३ घोषणा गरिएको छ। भरतपुरस्थित जिल्ला विकास समितिको सभाहलमा बुधबार आयोजना गरिएको कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले विभिन्न सरकारी तथा गैरसरकारी निकायबीच समन्वय कायम गरी सो मार्ग चित्र घोषणा गरेका हुन्।   नेपालको ऐन कानुन, सरकारले जारी गरेका विभिन्न घोषणापत्रलाई…

    विस्तृतमा पढ्नुस्

  • जुम्लामा गाडी दुर्घटना हुँदा चालकसहित तीनको मृत्यु

    जुम्ला : जुम्ला बड्की–२ दियारगाउँ सिंजास्थित कोटिला भिरमा आज बिहान सामान बोकेको गाडी दुर्घटना हुँदा चालकसहित तीनजनाको घटनास्थलमै मृत्यु भएको छ।   मृत्यु हुनेमा बर्दिया मैनापोखरीका गाडी चालक तीर्थराम थारु तथा मुगु–४ कालै गाउँका रङ्गबहादुर शाही र गङ्गा शाही रहेका छन्। दुर्घटनामा परी गम्भीर घाइते भएका तर नाम नखुलेका सहचालकलाई उपचारका लागि एम्बुलेन्समा जुम्लाको खलङ्गा ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारीको आन्दोलनका कारण दाङका विद्यार्थी मर्कामा

    दाङ : स्थानीय निकायका कर्मचारीको आन्दोलनका कारण विद्यार्थी पनि मर्कामा परेका छन्।   आन्दोलनका कारण दाङमा हजारौँ सेवाग्राही र विद्यार्थीले सास्ती खेप्नुपरेको छ। स्थानीय निकाय बन्द हुँदा सिफारिस, जन्मदर्ता, जग्गा बेचबिखन, चार किल्ला प्रमाणित, नक्सा पास, योजना सम्झौता तथा भुक्तानीलगायतका मुख्य काम प्रभावित हुँदा सेवाग्राही आक्रोशित भएका छन्।   यस्तै कक्षा ८ मा अध्ययन गर्ने विद्यार्थीको जन्मदर्ता गर्ने कार्य प्रभावित…

    विस्तृतमा पढ्नुस्

  • जुम्लामा एक गाविस, एक कृषि प्राविधिक नीति कार्यान्वयन गरिँदै

    जुम्ला : कृषि विकास मन्त्रालयको ‘एक गाविस, एक कृषि प्राविधिक’ नीति कार्यान्वयन तहमा पुगेको छ।   उक्त नीतिअनुसार जिल्ला कृषि विकास कार्यालयले गत वर्ष हाँकु, लाम्रा, रारालिही र पाण्डवगुफा गाविसमा चारजना कृषि प्राविधिक नियुक्त गरेको थियो। चालु आवमा आठ जनालाई कृषि प्राविधिकमा सिफारिस गरिएको वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले जानकारी दिए।   सिफारिस गरिएका प्राविधिकलाई गुठीचौर, छुमचौर, ताम्ती, घोडमहादेव,…

    विस्तृतमा पढ्नुस्

  • ‘शिक्षा स्वास्थ्य राष्ट्रिय पत्रकारिता पुरस्कार’ स्थापना

    पाल्पा : लुम्बिनी मेडिकल कलेज, पाल्पाले ‘शिक्षा स्वास्थ्य राष्ट्रिय पत्रकारिता पुरस्कार’को स्थापना गरेको छ।   कलेजका अध्यक्ष गोपालबहादुर पोखरेलले नेपाल पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याललाई ‘शक्षा स्वास्थ्य राष्ट्रिय पत्रकारिता पुरस्कार स्थापनाका लागि रु सात लाखको चेक हस्तानन्तरण गरेका हुन्।   शाखा अध्यक्ष अर्यालले पुरस्कार स्थापनाले स्वास्थ्य क्षेत्रका विकृति विसङ्गति न्यूनीकरण तथा यससम्बन्धी सकारात्मक समचार लेखनलाई बढाउनमा सहयोग पुग्ने विश्वास…

    विस्तृतमा पढ्नुस्

  • चितुवाको आक्रमणबाट चार जना घाइते

    चितुवाको आक्रमणबाट चार जना घाइते

    उर्लाबारी (मोरङ) : मोरङ राजघाटमा आज बिहान चितुवाको आक्रमणबाट वन कार्यालयका दुईजना कर्मचारीसहित चारजना घाइते भएका छन्।   घाइते हुनेमा राजघाट–१ अठियाबारीका ६२ वर्षीय टङ्कलाल धिमाल र ५० वर्षीय खुसीलाल धिमाल तथा सेक्टर वन कार्यालय उर्लाबारी मङ्गलबारेका कर्मचारी ३५ वर्षीय हेमसागर न्यौपाने र ४६ वर्षीय वीरबहादुर कटवाल रहेका छन्।   राजघाट–१ अठियाबारीस्थित नगेन्द्र लिम्बूको सिसौघारीमा लुकेर बसेको चितुवाले एक्कासी आक्रमण…

    विस्तृतमा पढ्नुस्

  • गण्डक सम्झौताबाट नेपाली समुदाय प्रभावित : नेपाली पक्ष मौन

    पुरुषोत्तम सुवेदी नवलपरासी : नेपाल र भारतबीच गण्डक सम्झौता भए पनि सम्झौताअनुसार भारतले काम नगर्दा नेपाली समुदाय प्रभावित भएका छन्।   सम्झौताको धारा २(२) अनुसार भारतीय पक्षले काम नगर्दा गण्डक क्षेत्रमा प्रतिवर्ष हुँदै गरेको बाढी, डुबान, कटान र चुहानले गण्डक आसपासका बासिन्दालाई असर परेको हो।   सम्झौता अनुसार नेपाली पक्षले लाभ लिन नसकेको र पानीको बाँडफाँड सन्तुलित नहुनुका साथै भारतले…

    विस्तृतमा पढ्नुस्

  • पाँच करोडको लागतमा पत्तालेमा बुद्धपार्क निर्माण हुँदै

    सोलुखुम्बु : दृष्यावलोकनका लागि प्रख्यात सोलुखुम्बुको पत्तालेमा निर्माण गरिने बुद्धपार्क पूर्व मन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले शिलान्यास गरेका हुन्।   केरुङ गाविसमा पर्ने पत्तालेमा बुद्धको मुर्ती स्थापनाका साथै बुद्ध धर्मसम्बन्धी अन्य संरचना निर्माण गरी धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ निर्माण सुरु सो योजनका लागि करिब पाँच करोड लाग्ने पार्क व्यवस्थापन समितिले जनाएको छ।   पूर्वमन्त्री केसीले सो…

    विस्तृतमा पढ्नुस्

  • बारामा परियोजनाका कार्यक्रम सञ्चालन भएनन्

    कलैया : प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजनाअन्तर्गतका कार्यक्रम सञ्चालन हुन सकेका छैनन्।   जिल्ला कृषि विकास कार्यालयमार्फत् विभिन्न कार्यक्रम सञ्चालनका लागि तीन करोड १६ लाख २० हजार बजेटको व्यवस्था गरिए पनि आठ महिना बितिसक्दा पनि कार्यक्रम कार्यान्वयन हुन सकेको छैन।   कृषि मन्त्रालयले आव २०७३/७४ का लागि अनुदानसहित विभिन्न कार्यक्रम जिल्ला कृषि विकास कार्यालयमार्फत सञ्चालनका लागि चार करोड ४५ लाख ६५…

    विस्तृतमा पढ्नुस्

  • शङ्खरापुरलाई कागेश्वरी नगरपालिकामा विलय नगराउन माग

    काठमाडौँ : शङ्खरापुर नागरिक समाजले स्थानीय निकाय पुनर्संरचना आयोगबाट सरकारलाई बुझाएको प्रतिवेदन जनभावना विपरीत रहेको भन्दै त्यसलाई सच्याउन माग गरेको छ।   काठमाडौँ आज आयोजित पत्रकार सम्मेलनमा सांसद दीपक कुइँकेलले शङ्खरापुरका जनताको परिचय, त्यहाँको इतिहास मेटाउने गरी शङ्खरापुर नगरपालिकालाई कागेश्वरी मनहरा नगरपालिकामा विलय गराउन नहुने बताए।   उपत्यकाको पुरानो तर भौगोलिक रुपमा ठूलो यस सांस्कृतिक सहर शङ्खरापुर नगरपालिकालाई यथास्थितिमा नै…

    विस्तृतमा पढ्नुस्

  • म्याग्दीमा ५० वटा प्लास्टिकका पोखरी निर्माण गरिने

    बेनी (म्याग्दी) : तरकारी तथा फलफूलका लागि जिल्लामा यस वर्ष ५० वटा प्लास्टिकका पोखरी निर्माण गरिने भएको छ।   सुन्तलाजात फलफूल तथा तरकारीको उत्पादन वृद्धि गर्न र कृषकलाई व्यावसायिक रुपमा अगाडि बढाउने उद्देश्यसहित चालु आवको वार्षिक कार्यक्रमअनुसार पोखरी निर्माण गर्न लागिएको हो।   साना सिँचाइ कार्यक्रमअन्तर्गत ४७ र सुन्तला बगैँचाका लागि ३ वटा पोखरी निर्माण गरिने जिल्ला कृषि विकास कार्यालयले…

    विस्तृतमा पढ्नुस्

  • खाद्य संस्थान बाजुराले ६० क्विन्टल फापर खरिद गर्दै

    बाजुरा : रैथाने बाली संरक्षण गर्ने योजनाअनुसार नेपाल खाद्य संस्थान बाजुरा शाखाले जिल्लाको उत्तरी भेगका ११ गाविसबाट रैथाने बाली फापर खरिद गर्ने भएको छ। जिल्ला कृषि विकास कार्यालयको पहपल र सो शाखाको आर्थिक सहयोगमा कोल्टी डिपोबाट फापर खरिद गरिने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा. रामकृष्ण श्रेष्ठको भनाइ छ। उनले जिल्लामा उपलब्ध स्थानीय तथा रैथाने बाली प्रवर्द्धन…

    विस्तृतमा पढ्नुस्

  • बाटो काट्न खोज्दा साइकलयात्रीको मृत्यु

    रत्ननगर (चितवन) : चितवनको भरतपुरमा बाटो काट्ने क्रममा बसले ठक्कर दिँदा एकजना साइकलयात्रीको मृत्यु भएको छ।   जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार रत्ननगरबाट नारायणगढतर्फ जाँदै गरेको बा३ख २२७४ नंको मिनीबसले साइकलयात्रीलाई ठक्कर दिँदा भरतपुर उपमहानगरपालिका–२१ निवासी ५२ वर्षका रामबहादुर बयलकोटीको मृत्यु भएको हो।   साइकलमा चढेर बाटो काट्ने क्रममा उनलाई बुधबार साँझ करिब ६ बजेतिर गाडीले भरतपुरको रिजालचोक नजिकै ठक्कर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell