PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

जुम्लामा एक गाविस, एक कृषि प्राविधिक नीति कार्यान्वयन गरिँदै



रासस

जुम्ला : कृषि विकास मन्त्रालयको ‘एक गाविस, एक कृषि प्राविधिक’ नीति कार्यान्वयन तहमा पुगेको छ।
 
उक्त नीतिअनुसार जिल्ला कृषि विकास कार्यालयले गत वर्ष हाँकु, लाम्रा, रारालिही र पाण्डवगुफा गाविसमा चारजना कृषि प्राविधिक नियुक्त गरेको थियो। चालु आवमा आठ जनालाई कृषि प्राविधिकमा सिफारिस गरिएको वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले जानकारी दिए।
 
सिफारिस गरिएका प्राविधिकलाई गुठीचौर, छुमचौर, ताम्ती, घोडमहादेव, बड्की, शनिगाउँ, बुम्रमाडीचौर र मालिकाबोता गाविसमा खटाइएको छ। गत वर्ष कृषि प्रसार सेवामा कृषिको पहुँच वृद्धि गर्ने, सेवा प्रवाहमा सहजता र छरितोपन दिने उद्देश्यले जनशक्ति थप गरिएको कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell