PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

शङ्खरापुरलाई कागेश्वरी नगरपालिकामा विलय नगराउन माग



रासस

काठमाडौँ : शङ्खरापुर नागरिक समाजले स्थानीय निकाय पुनर्संरचना आयोगबाट सरकारलाई बुझाएको प्रतिवेदन जनभावना विपरीत रहेको भन्दै त्यसलाई सच्याउन माग गरेको छ।
 
काठमाडौँ आज आयोजित पत्रकार सम्मेलनमा सांसद दीपक कुइँकेलले शङ्खरापुरका जनताको परिचय, त्यहाँको इतिहास मेटाउने गरी शङ्खरापुर नगरपालिकालाई कागेश्वरी मनहरा नगरपालिकामा विलय गराउन नहुने बताए।
 
उपत्यकाको पुरानो तर भौगोलिक रुपमा ठूलो यस सांस्कृतिक सहर शङ्खरापुर नगरपालिकालाई यथास्थितिमा नै निरन्तरता दिनुपर्ने उनको भनाइ थियो।
 
समाजका संयोजक रुपेशलाल श्रेष्ठले सो नगरपालिका विलय गरिएमा दुर्गम पहाडी स्थानका जनताले स्थानीय नगरपालिकाबाट पाउनुपर्ने सेवा र सुविधाबाट वञ्चित हुने र जनजातिको पहिचान खतरामा पर्ने बताए।
 
२०७१ मा मङ्सिर १६ गते ती दुवै नगरपालिका घोषणा गरिएको थियो। हाल शङ्खरापुर नगरपालिकामा २५ हजार तथा कागेश्वरी मनहरा नगरपालिकामा ७५ हजार जनसङ्ख्या रहेको छ।
 
आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न आग्रह गर्दै समाजले त्यसो नभएमा सशक्त आन्दोलनका कार्यक्रम गरिने चेतावनीसमेत दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell