PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

नयाँ खेलकूद ऐन आउने



रासस

रुकुम : सरकारले खेलकूदको विकासका लागि नयाँ ऐन ल्याउने भएको छ।
 
युवा तथा खेलकूदमन्त्री दलजित श्रीपाइलीले आज रुकुममा छैटौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटनका क्रममा पन्ध्रवर्षीय खेलकूद गुरुयोजना निर्माणको काम पनि अन्तिम चरणमा पुगेको बताउँदै खेलकूदको विकासका लागि खेलकूद विश्वविद्यालय, खेलकूद ग्राम र खेलकूद प्रतिष्ठान निर्माणको तयारीमा मन्त्रालय लागेको समेत अवगत गराए।
 
जिविसको आयोजनामा खोलागाउँको सर्कनामा सुरु भएको प्रतियोगितामा भलिबल, एथ्लेटिक्स, दौड, छेलोलगायत खेल सञ्चालन हुने आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell