PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

कुपोषणका कारण जाजरकोटमा एक नाबालकको मृत्यु



रासस

जाजरकोट : कुपोषणका कारण जाजरकोटमा एक नाबालकको मृत्यु भएको छ।
 
मृत्युहुनेमा जाजरकोट पजारु–९ का १४ महिने नाबालक अनेगत नेपाली रहेको स्थानीय स्वास्थ्य संस्थाका वरिष्ठ अहेब प्रेमबहादुर शाहीले बताए।
 
चौध महिनाका बालकको तौल पाँच केजी रहेकोमा उपचारका लागि रकम जुटाएर सदरमुकाम खलङ्गा लग्ने तयारी गर्दै गर्दा बुधबार बेलुकी उनको मृत्यु भएको स्थानीयवासी गोपाल गिरीले बताए।
 
आमा हिरा नेपाली र बाबु कर्णबहादुर नेपालीका पहिलो सन्तानका रुपमा रहेका अनेगत कुपोषित भएको खबर सुन्नेबित्तिकै सुआहाराका प्रतिनिधि, स्वास्थ्य संस्थाका प्रतिनिधि र स्थानीयवासीको पहलमा ती बालकको उद्धारको तयारी भएको केही घन्टामै मृत्यु भएको गिरीले बताए।
 
कुपोषणका कारण बिरामी भएका नाबालकलाई धामी, झाँक्रीलाई देखाउँदा समयमा उपचार हुन नसकेर मृत्यु भएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell