PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

  • इलाममा ट्रक दुर्घटना हुँदा आठ घाइते, दुईको अवस्था गम्भीर

    इलाममा ट्रक दुर्घटना हुँदा आठ घाइते, दुईको अवस्था गम्भीर

    इलाम : मेची राजमार्गअन्तर्गत इलामको कोल्बुङ–२ मा आज बिहान ६ बजे ट्रक दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।   झापाको विर्तामोडबाट इलामको पशुपतिनगरतर्फ गोलिया लिन गइरहेको को. ३ प. ६०६० नंको ट्रक राजमार्गबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा कन्काई नगरपालिका–८ निवासी २६ वर्षीय विनोद तामाङ, सोही स्थानका २१ वर्षीय प्रवीण पौडेल, धाइजन–६ का १७ वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार महासङ्घ खोटाङको अध्यक्षमा पुनः राई

    खोटाङ : नेपाल पत्रकार महासङ्घ शाखा खोटाङको अध्यक्षमा दमन राई पुनः चयन भएका छन्। महासङ्घको पाँचौँ जिल्ला अधिवेशनबाट राई पुनः अध्यक्षमा सर्वसहमतिले चयन भएका हुन्।   समितिको उपाध्यक्षमा रामधन राई र सुनिता मगर, सचिवमा उत्तत चौलागार्इं, सहसचिवमा रमिला राई र चिसाङ शेर्पा तथा कोषाध्यक्षमा शर्मिला विश्वकर्मा चयन भएका छन्। सोमबार बिहान सम्पन्न अधिवेशनबाट केदार मगर, उजुर राई, अमृत गिरी र…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनको मिति आजै घोषणा हुन्छ : प्रधानमन्त्री

    निर्वाचनको मिति आजै घोषणा हुन्छ : प्रधानमन्त्री

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निकाय निर्वाचनको मिति आजै घोषणा गर्ने बताएका छन्।   निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को १३ औँ वार्षिक साधारणसभालाई आज काठमाडौँमा सम्बोधन गर्दै उनले भने, 'संविधान कार्यान्वयनलाई सुनिश्चित गर्न निर्वाचन अनिवार्य रहेको छ।'   प्रधानमन्त्री प्रचण्डले ठूलो बलिदानीबाट प्राप्त उपलब्धिको रक्षार्थ संविधानलाई सफल कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आगामी कात्तिकमा प्रदेश र केन्द्रको…

    विस्तृतमा पढ्नुस्

  • विद्यालयको भवनबाट लडेर दृष्टिविहीन छात्राको मृत्यु

    बाबियाचौर (म्याग्दी) : दृष्टिविहीन स्रोत कक्षामा अध्ययनरत एक छात्राको लडेर मृत्यु भएको छ।   मृत्युहुनेमा लुलाङ–७ लमसुङका आठ वर्षीया यममाया विक रहेका छन्। म्याग्दीको पिप्ले–९ मौवाफाँटस्थित ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षा २ मा अध्ययनरत उनको आइतबार साँझ मृत्यु भएको हो।   विद्यालयमा निर्माणाधीन भवनबाट लडेर रडमा ठोक्किँदा घाइते भएकी उनको उपचारका लागि बेनी अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • गुल्मीमा बालविवाह गराउने चार जना प्रहरी हिरासतमा

    तम्घास (गुल्मी) : बालविवाहका अभियोग लागेका चारजनालाई प्रहरीले हिरासतमा लिएको छ।   हिरासतमा लिएकाहरुमा गुल्मी खड्गकोट गाविस–४ का पवन ढकाल, पर्वत शङ्कर पोखरी गाविस–९ की सुशीला भुसाल, पर्वत देवीस्थान–७ की सीता भुसाल र सोही गाविस–२ का नारायणप्रसाद कँडेल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए।   गुल्मी खड्गकोट–४ का पवन ढकालले गत माघ २२ गते…

    विस्तृतमा पढ्नुस्

  • खानेपानी विवादमा खुकुरी प्रहार हुँदा एकको मृत्यु

    डडेल्धुरा : खानेपानीको विषयलाई लिएर भएको विवादमा खुकुरी प्रहारबाट यहाँ एक जनाको मृत्यु भएको छ।   मृत्यु हुनेमा डडेल्धुरा कोटेली गाविस–१ न्वाघरका ३७ वर्षीय शेरबहादुर साउद रहेका छन्।   खानेपानीको विषयलाई लिएर भएको सामान्य विवादले चर्को रुप लिएपछि सोही ठाउँका २४ वर्षीय भीमबहादुर भुलले खुकुरी प्रहार गर्दा साउदको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।   खुकुरी प्रहारबाट…

    विस्तृतमा पढ्नुस्

  • हतियारसहित आएका भारतीय सुरक्षाकर्मीले कल्भर्ट निर्माणमा रोक लगाए

    कञ्चनपुर : कञ्चनपुरको पुर्नवास नगरपालिका–८ आनन्द बजारको बसईतर्फ जाने बाटोमा निर्माण भइरहेको कल्भर्ट भारतीय सुरक्षाकर्मीको अवरोधका कारण रोकिएको छ।   कल्भर्ट निर्माण कार्य भइरहेका बेला दुई दिनअघि एक दर्जनको हाराहारीमा हतियारसहित आएका भारतीय सुरक्षाकर्मीले निर्माणस्थल भारततर्फ पर्ने भएकाले तत्काल निर्माण कार्य बन्द गर्न लगाएको नगरपालिकाका कार्यकारी अधिकृत शेरबहादुर बुढाले बताए। नेपाल भारत सीमाक्षेत्रभन्दा १०० मिटर परको नेपाली भू–भागमा कल्भर्ट निर्माण…

    विस्तृतमा पढ्नुस्

  • दुई हजार किलो अवैध जडीबुटीसहित तीन व्यापारी पक्राउ

    जाजरकोट : अवैध रूपमा बिक्रीका लागि लैजाँदै गरेको दुई हजार किलो जडीबुटीसहित प्रहरीले तीन व्यापारीलाई पक्राउ गरेको छ।   जिल्ला वन कार्यालयको छुट पुँर्जीविना चोरी निकासी हुन लागेको चार ट्र्याक्टर जडीबुटीसहित हुम्ला, साँया–१ का जगत फडेरा, रोडीकोट–४ का मङ्गल बुढा र ८ का सन्तोष खत्री पक्राउ पर्नुका साथै उनीहरुको साथमा रहेको दुई हजार किलो तेजपात र २०० किलो पाखनबेद रग्दाको…

    विस्तृतमा पढ्नुस्

  • अनियन्त्रित भएर माइक्रोबस पल्टिँदा १६ जना घाइते

    अनियन्त्रित भएर माइक्रोबस पल्टिँदा १६ जना घाइते

    राजविराज : पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको जन्डोलमा आज भएको माइक्रोबस दुर्घटनामा परी १६ जना यात्रु घाइते भएका छन्।   घाइते हुनेहरुमा सुनसरी सोनापुर–२ का वीरेन्द्र शाह, उनकी पत्नी मधुदेवी शाह, सुनसरी रामनगर भुटाहा–७ का मोहमद नजिव, र मोहमद सुभान मियाँ, मोरङ केराबारी–२ का फणीन्द्र रोक्का, मोरङ रङ्गेली नगरपालिका–५ का रमेशकुमार शाहलगायत १६ जना रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ।  …

    विस्तृतमा पढ्नुस्

  • आपूर्ति मन्त्रालयले मुस्ताङको छुसाङमा नुन उत्खनन प्रक्रिया थाल्यो

    मुस्ताङ : आपूर्ति मन्त्रालयले मुस्ताङको छुसाङस्थित तेताङमा रहेको नुनखानीको उत्खनन प्रक्रिया सुरु गरेको छ। मन्त्रालयका सहसचिव ईश्वरकुमार गिरीको नेतृत्वको टोलीले हालै तेताङमा स्थलगत निरीक्षण गरी नमुना परीक्षण गरेको हो।   तेताङमा नुनखानीको पहाड भए पनि त्यसको उत्खनन र प्रयोग नहुँदा खेर गइरहेकाले गत वर्षदेखि सरकारले यसलाई प्राथामिकतामा राखेर उत्खननका लागि प्रक्रिया अघि बढाएको सहसचिव गिरीले जानकारी दिए। 'यहाँको नुनखानी उत्खननको…

    विस्तृतमा पढ्नुस्

  • विद्यार्थीको रहस्यमय मृत्यु, स्थितिलाई नियन्त्रणमा लिन सात राउण्ड हवाइ फायर

    बनेपा : बनेपा ५ स्थित ज्ञानकुञ्ज माध्यमिक विद्यालयको होस्टेल बसेका एक विद्यार्थीको रहस्यमय मृत्यु भएपछि उत्तेजित बनेको भीडलाई नियन्त्रणमा लिन प्रहरीले आज सात राउण्ड हवाइ फायर गरेको छ। आक्रोशित भीडले विद्यालयमा तोडफोड गर्न थालेपछि प्रहरीले लाठी चलाउँदा तीन प्रहरी र तीन स्थानीय बासिन्दा सामान्य घाइते भएका बताइएको छ। सो विद्यालयमा दुई महिनादेखि छात्रावासमा रहँदै आएका काभ्रेपलाञ्चोकको उग्रतारा जनागाल–८ निवासी १७…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सकमाथि हातपात गरेको विरोधमा अस्पतालको सेवा ठप्प

    तिलोत्तमा (रुपन्देही) : लुम्बिनी अञ्चल अस्पताल बुटबलमा बिरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेको विरोधमा बिहानैदेखि चिकित्सकले सुरक्षाको माग गर्दै सेवा अवरुद्ध गराएका छन्।   आइतबार साँझ उपचारका लागि आएका बुटबल–१५ बेलबासका लीलबहादुर गुरुङको उपचारमा स्वास्थ्यकर्मीले बेवास्ता गरेको जनाउँदै डा. सलाउद्दिन मियाँलाई बिरामीका आफन्तले हातपात गरेको अस्पतालले जनाएको छ।   गुरुङका छोराले चिकित्सकलाई झापड हानेको र आकस्मिक सेवामा रहेका स्वास्थ्यकर्मीलाई गालीगलोज गरेको…

    विस्तृतमा पढ्नुस्

  • सात वर्षसम्म पनि पूरा भएन स्वास्थ्य चौकीको भवन निर्माण

    जुरा : सहरी तथा भवन निर्माण विभाग डिभिजन कार्यालय डोटीको कार्यशैलीप्रति बाजुराका सर्वसाधारणले असन्तुष्टि जनाएका छन्।  भवन निर्माण डिभिजन कार्यालयले गर्ने कार्य सही नभएको भन्दै असन्तुष्ट जनाएका हुन्। उनीहरुले जिल्लाका सरकारी भवन निर्माणको कार्य मनोमानी रुपमा भइरहेकाले यसको केही सुनुवाइ नगरेको र जिल्लाको विभिन्न सरकारी कार्यालयका गाविसमा बन्दै गरेका भवनसमेत समयमै नसकिने गरेको भन्दै आपत्ति जनाएका छन्।  जिल्लाका काँडा, डोगडीलगायतका…

    विस्तृतमा पढ्नुस्

  • ​प्रहरीको हिरासतबाटै थुनुवा फरार, पाँच प्रहरी कारबाहीमा

    ​प्रहरीको हिरासतबाटै थुनुवा फरार, पाँच प्रहरी कारबाहीमा

    बैतडी : चोरीको आरोपमा पक्राउ परेका एक थुनुवा दार्चुला प्रहरीको हिरासतबाटै शनिबार फरार भएका छन्।  फरार हुने दार्चुला सुनसेरा–३ का २९ वर्षीय धनसिंह विष्ट रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए।  दार्चुलाको सुनसेरामा माघ २३ गते चोरी गरी फरार रहेका विष्टलाई प्रहरीले माघ २४ गते सदरमबुकाम खलङ्गाबाट पक्राउ गरी अनुसन्धान गरिरहेको थियो। जिल्ला प्रहरी कार्यालयमा…

    विस्तृतमा पढ्नुस्

  • माइती नेपालले १९४ जनालाई सीमाबाट फर्काएर परिवारमा मिलन गरायो

    रत्ननगर (चितवन) : माइती नेपालले चितवनको क्षेत्रीय कार्यालयअन्तर्गत बेचबिखनको उद्देश्यले लैजाँदै गरेका १९४ जनालाई सीमाक्षेत्रबाट फर्काएर परिवारमा पठाएको छ।   गएको एक वर्षमा यसरी उनीहरूलाई घर फर्काइएको माइती नेपाल चितवनका क्षेत्रीय कार्यक्रम संयोजक युवराज दवाडीले जानकारी दिए। सहजकर्ता, स्वयम्‍सेवक ठाउँठाउँमा परिचालन गरी उनीहरूलाई घर पठाइएको हो।   एक वर्षमा बेचबिखन हुनबाट १०२ जनालाई रोकेको र बेचबिखनमा परेका ३४ जनाको उद्धार…

    विस्तृतमा पढ्नुस्

  • मोरङ पत्रकार महासङ्घको अध्यक्षमा पोखरेल विजयी

    विराटनगर : नेपाल पत्रकार महासङ्घ मोरङको बाह्रौँ अधिवेशनबाट अध्यक्ष पदमा बन्धु पोखरेल विजयी भएका छन्।   त्यसैगरी, उपाध्यक्षमा कुमोद अधिकारी, उपाध्यक्ष (महिला)मा सुशीला पाठक, इन्दिरा भट्टराई निर्वाचित भएका छन्। दुवै जनाले समान मत ल्याएका हुन्।   यस्तै सचिवमा अर्जुन आचार्य, सहसचिव (समावेशी) मा सत्यनारायण शर्मा, कोषाध्यक्षमा सन्तोष सिग्देल निर्वाचित भएका छन्।   सदस्यमा खुल्लातर्फबाट ध्रुब भट्टराई, हरि अधिकारी, कौशल निरौला,…

    विस्तृतमा पढ्नुस्

  • मन्दिरमा करेन्ट लाग्दा एकको मृत्यु

    महोत्तरी : महोत्तरीको गौशालामा अवस्थित जल्पामाई मन्दिरमा करेन्ट लाग्दा सर्लाही श्रीनगरका ३७ वर्षीय सुशील साहको मृत्यु भएको छ। आज बिहान सो मन्दिरको परिसरमा रहेको पिपलको रुखमा चढेर पात काट्ने समयमा उनको ११ हजार भोल्टेजको बिजुलीको तारबाट करेन्ट प्रवाह भई मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिए। 

    विस्तृतमा पढ्नुस्

  • अहिलेकै बजेटले सङ्घीयता सञ्चालन गर्न सकिने : मुख्यसचिव

    काठमाडौँ : सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा आवश्यक सङ्गठनका संरचना, संस्थागत व्यवस्था, दरबन्दी निर्धारण तथा कार्य विवरणको खाका तयारीको काम अघि बढाएको छ। मुख्यसचिवको संयोजकत्वमा गठित सङ्घीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचना समन्वय समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालय, विभाग, संस्थान, समिति, आयोग र बोर्ड समेतको खाका तयारीको काम अघि बढाइएको जानकारी गराइयो। सो अवसरमा मुख्यसचिव डा. सोमलाल सुवेदीले…

    विस्तृतमा पढ्नुस्

  • पर्खालमा च्यापिएर एक मदजुरको मृत्यु, तीन गम्भीर घाइते

    पर्सा : वीरगन्जको आदर्शनगरमा आज बिहान पर्खाल भत्किँदा त्यसमा च्यापिएर एक जना मजदुरको मृत्यु भएको छ।   वीरगन्ज उपमहानगरपालिका–१३ आदर्शनगर निवासी श्यामबाबुप्रसाद गुप्ताको घरको पर्खाल भत्किँदा त्यसमा च्यापिएर रौतहट रमौलाती गाविस–४ निवासी वर्ष २६ का रामपुरकार सहनीको मृत्यु भएको हो।   सो घटनामा रौतहटकै रमौली–४ निवासी उपेन्द्र दास, वडा नम्बर २ निवासी बालेश्वर सहनी र रौतहट मदनपुर–१ निवासी गणेश साह…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा प्रजातन्त्र दिवसका अवसरमा प्रभातफेरी

    पोखरा : राष्ट्रिय प्रजातन्त्र दिवस एवम् प्रथम निर्वाचन दिवसका अवसरमा आज पोखरामा प्रभातफेरी गरिएको छ।   पोखरास्थित सिर्जनाचोकबाट सुरु भएको प्रभातफेरी जिल्ला विकास समिति कास्कीको सभाहलमा गएर सम्पन्न भएको थियो।   कार्यक्रममा सांसद यज्ञबहादुर थापाले प्रजातन्त्रको स्थापना र पुनःस्थापनाका लागि नेपालीले विभिन्न चरणमा लामो सङ्घर्ष गरेको बताउँदै ती सङ्घर्षमा सहादत प्राप्त गर्ने सहिदको बलिदानीकै कारण देश वर्तमानसम्म आइपुगेको चर्चा गरे।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell