PahiloPost

Nov 11, 2025 | २६ कात्तिक २०८२

अनियन्त्रित भएर माइक्रोबस पल्टिँदा १६ जना घाइते



रासस

अनियन्त्रित भएर माइक्रोबस पल्टिँदा १६ जना घाइते

राजविराज : पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको जन्डोलमा आज भएको माइक्रोबस दुर्घटनामा परी १६ जना यात्रु घाइते भएका छन्।
 
घाइते हुनेहरुमा सुनसरी सोनापुर–२ का वीरेन्द्र शाह, उनकी पत्नी मधुदेवी शाह, सुनसरी रामनगर भुटाहा–७ का मोहमद नजिव, र मोहमद सुभान मियाँ, मोरङ केराबारी–२ का फणीन्द्र रोक्का, मोरङ रङ्गेली नगरपालिका–५ का रमेशकुमार शाहलगायत १६ जना रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ।
 
गम्भीर घाइतेलाई विराटनगरस्थित न्युरो अस्पताल र सामान्य घाइतेलाई सप्तरीको रुपनगरस्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
 
काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको बा ३ ख ८२८७ नंको हाइस माइक्रोबस आफै अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। माइक्रोबसका चालक फरार रहेको र उनको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell