रामपुर (पाल्पा) : पाल्पाका विभिन्न स्वास्थ्य संस्थामा आमा सुरक्षा कार्यक्रम लागू भएपछि मातृशिशु मृत्युदरमा कमी आएको छ। आमा सुरक्षा कार्यक्रमबाट प्रभावित भई हिजोआज स्वास्थ्य संस्थामा नै गएर बच्चा जन्माउने महिलाको सङ्ख्या बढ्दो छ। जिल्ला जनस्वास्थ्य कार्यालयले ग्रामीण तहदेखि सहरी क्षेत्रमा सञ्चालन गरेको आमा सुरक्षा कार्यक्रमले मातृ शिशु, नवजात शिशु र गर्भवती तथा सुत्केरी महिलाको मृत्युदरमा न्यूनता आएको छ। …
बैतडी : भारतमा काम गर्न गएका एक नेपाली मृत अवस्थामा फेला परेका छन्। मृत भेटिनेमा दार्चुला धारी–२ का ४० वर्षीय चन्द्रसिंह कुँवर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए। भारतको पिथौरागढमा काम गर्न गएका उनी त्यहाँको धारचुलाको निङलपानीमा मृत अवस्थामा भेटिएका प्रहरी नायब उपरीक्षक खनालले बताए। उनका अनुसार मृतक कुँवरको टाउकोमा गम्भीर चोट…
गोरखा : बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबानमा पर्ने जग्गाको मुआब्जा जग्गा धनीलाई वितरण सुरु गरेपछि आयोजनाले गति लिन थालेको छ। लामो समयदेखि आयोजनाबारे चर्चा भए पनि मुआब्जा वितरण हुन नसक्दा एक हजार २०० मेगावाट क्षमताको जलाशयुक्त यस आयोजनाले गति लिन सकेको थिएन। बूढीगण्डकी जलविद्युत् निर्माण हुँदा गोरखाका १४ र धादिङका १३ गाविसको करिब ६० हजार रोपनी क्षेत्रफल…
लहान : राँगाको आक्रमणबाट गएराति सिरहाको औरही पिप्रा गाविसमा एक महिलाको मृत्यु भएको छ। छाडा छाडिएको राँगाको आक्रमणबाट औरही पिप्रा गाविस–१ निवासी ६५ वर्षीया मुसर्नी देवी साहको मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै घरमा बसिरहेको अवस्थामा राँगाको आक्रमणबाट गम्भीर घाइते भएकी साहलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो। यसैगरी सिरहाकै लहान नगरपालिका–१५ स्थित ढोढना खोलामा…
उर्लाबारी (मोरङ) : मोरङको भातिगन्ज– २ स्थित भित्री सडकमा गएराति मादक पदार्थ सेवन गरी लुटपाट गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भातिगन्ज– २ बस्ने ३० वर्षीय पशुपति राजवंशी, ३० वर्षकै धनिराम राजवंशी, ३३ वर्षीय रमेश राजवंशी र २० वर्षीय श्रीनन्दन राजवंशी रहेका छन्। उनीहरुलाई वडा प्रहरी कार्यालय विराटनगर हाटखोलाबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। सो…
महोत्तरी : महोत्तरीको बर्दिवास नगरपालिका– ५ स्थित राईमण्डल इन्देश्वर महादेव मन्दिरका पुजारी ७९ वर्षीय बाबा रामजी शाहीको आज हत्या भएको छ। मन्दिरको ५० मिटर पश्चिमतर्फ पिसाब गर्न गएको समयमा बाँसको चिर्पटले टाउकोमा प्रहार गरी उनको हत्या गरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले स्थानीय २८ वर्षीय हर्कबहादुर माझीलाई नियन्त्रणमा लिएको बर्दिवासका प्रहरी नायब…
दाङ : नेपाल पत्रकार महासङ्घ दाङको निर्वाचनमा सविन प्रियासन विजयी भएका छन्। महासङ्घको १० औं जिल्ला अधिवेशनबाट उनी गएराति विजय भए। कुल २४३ मतमध्ये उनले एक सय ४९ मत पाएका छन्। पत्रकार महासङ्घको निर्वाचनमा प्रियासन नेतृत्वको संयुक्त प्यानललाई प्रेस युनियन र प्रेस सेन्टरको साथ रहेको थियो। निर्वाचनबाट पदाधिकारीमा उनकै प्यानल विजयी भएका छन्। प्रियासन नेतृत्वको संयुक्त प्यानलबाट उपाध्यक्षमा…
बनेपा : धुलिखेल क्याम्पस र पनौती इन्द्रेश्वर क्याम्पसमा आज मतदानका लागि स्ववियुको उम्मेदवारी दर्ता स्थगन भएको छ। विद्यार्थी भर्नाको विषयलाई लिएर विवाद भएपछि माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घले स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि उम्मेदवारी दर्ता स्थगित भएको धुलिखेल क्याम्पस स्ववियु निर्वाचन आयुक्त दीपक गौतमले जानकारी दिए। पनौतीस्थित इन्द्रेश्वर क्याम्पसमा पनि विद्यार्थी भर्नाको…
विराटनगर (पानीट्याङ्की) : विराटनगरस्थित गोल्डेन अस्पतालले पत्रकारलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा गरेको सेवा सुविधा सार्वजनिक गरेको छ। केही दिनअघि आफ्नो वार्षिक साधारणसभामा मोरङका पत्रकारलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको अस्पतालले पत्रकारले पाउने सेवा सुविधाबारे जानकारी सार्वजनिक गरेको हो। अस्पतालमा पाउने निःशुल्क सेवामा ओपिडी सेवा, एक्सरे, अल्ट्रासाउन्ड, बेड चार्ज, इसिजी आदि सेवा निःशुल्क छन् भने ल्याबमा हर्मोनल…
डोटी : सुदूरपश्चिम प्रादेशिक महोत्सव बिहीबारदेखि सुरु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री इन्द्रबहादुर बानियाँले पिपल्लामा महोत्सव उद्घाटन गर्दै नेपालकै सुन्दर पर्यटकीयस्थल खप्तड रहेको जिल्लाले खप्तडको मात्रै संरक्षण संबद्र्धन गरेमा मनग्य आम्दानी गर्न सक्ने विश्वास व्यक्त गरे। महोत्सव १० दिनसम्म चल्ने आयोजक डोटी उद्योग वाण्ज्यि सङ्घले जनाएको छ। महोत्सवका क्रममा सेती नदीमा जलयात्रासमेत गर्न सकिने छ।
पथरी (मोरङ) : विराटनगरबाट शनिबारदेखि पूर्वका हिमशृङ्खलाको अवलोकन गराउने उद्देश्यले पर्वतीय उडान (माउन्टेन फ्लाइट) हुने भएको छ। विराट एक्स्पो आयोजक समिति तथा विराटनगरमा पर्यटनसँग सम्बद्ध सङ्घसंस्थाले पूर्वाञ्चलमै पहिलोपटक यती एअरलाइन्सको विमानबाट माउन्टेन फ्लाइट गर्न लागेको जनाएका हुन्। विराटनगरबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, गौरीशङ्कर हिमाल सहितका हिमशृङ्खला हेर्ने गरी व्यवस्था मिलाइएको आयोजक संस्था मध्यको विराटनगर ट्राभल्स एसोसिएसनका अध्यक्ष भविशकुमार श्रेष्ठले…
काठमाडौँ : वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले डडेल्धुराको सल्लेरी र आसपासका क्षेत्रका वनमा तत्कालका लागि खोटो सङ्कलन रोक्न निर्देशन दिएका छन्। जिल्ला वन कार्यालय डडेल्धुराका प्रमुखलाई टेलिफोन गरी उनले सो निर्देशन दिएको उनका सहयोगी डम्बर अधिकारीले जानकारी दिए। सो वन क्षेत्रमा खोटो सङ्कलनले व्यापक वन विनाश भएको भन्ने गुनासो आइरहेको थियो।
काठमाडौँ : यसअघि ३५ वडा रहेको काठमाडौँ महानगरपालिकामा अबदेखि ३२ वडा कायम भएको छ। स्थानीय निकाय पुनःसंरचना आयोगको सिफारिसका आधारमा जिल्ला निर्वाचन कार्यालय काठमाडौँले मतदानस्थल र मतदान केन्द्र सिफरिस गर्न ३२ वटा वडा पहिचान गरी पठाएको छ। सो विषयमा कामपाले आज वडाका प्रशासकीय प्रमुखलाई बोलाएर सात दिनभित्र कार्यसम्पन्न गर्न निर्देशन दिएको कामपाका सञ्चार अधिकृत चन्द्रमणि भट्टराईले जानकारी दिए। …
धादिङ : यही फागुन १८ गते स्ववियुको निर्वाचन हुने कार्यतालिका रहेकोमा धादिङमा निर्वाचन हुने आठ वटा क्याम्पसमध्ये तीनवटा क्याम्पसमा फागुन १४ गते नै निर्वाचन हुने भएको छ। यही फागुन १४ गते नै निर्वाचन गर्नेगरी विद्यार्थी सङ्गठनबीच सहमति भई निर्वाचन प्रक्रियालाई अगाडि बढाइएको र निर्वाचनका लागि तयारी पूरा गरिएको पत्रकार भेटघाट कार्यक्रममा निर्वाचन समितिका संयोजक बद्री कोइरालाले बताए। निर्वाचन…
रत्ननगर (चितवन) : चितवनको रत्ननगर नगरपालिका–८ स्थित भानुचोकमा एक पुरुष मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार भानुचोकस्थित प्रतीक्षालयमा अन्दाजी ४५ वर्षका जस्तो देखिने पुरुष मृत भेटिएका हुन्। उनको पहिचान खुलेको छैन। स्थानीयवासीले दिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक दयाकृष्ण भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले शवको मुचुल्का गरी अहिले शवपरीक्षणका लागि भरतपुर अस्पतालमा…
महेन्द्रनगर (धनुषा) : मोटरसाइकलले ठक्कर दिँदा गएराति जनकपुरमा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा जनकपुर उप–महानगरपालिका–७ बस्ने प्रेमनाथ पाण्डेका १९ वर्षीय छोरा महेश पाण्डे रहेको प्रहरीले जनाएको छ। पुरोहित्याइँ कार्य गर्दै आएका उनी आफ्नो जजमानको घरमा पूजा गराउन साइकलमा सवार भई जनकपुरबाट महेन्द्रनगरतर्फ गइरहेको बेला लक्ष्मीनिया सडकखण्डमा ज ३ प २३५९ नंको मोटरसाइकलले पाण्डेलाई ठक्कर दिएको प्रहरीले जनाएको…
सोलुखुम्बु : आफ्नो गल्तीविना कसैले वर्षौंको जेल सजाय भोग्नुपर्यो भने उसले कस्तो महसुस गर्ला? वर्ष हैन कसुरविनै एकाध दिन जेल सजाय पाएमा पनि उसका लागि त्यो ठूलो घात हुन्छ। यस्तै घात सहिरहेका छन्, सोलुखुम्बु सोताङका दुई वृद्धहरु ७३ वर्षीय भूपध्वज बस्नेत र ६३ वर्षीय नइन्द्रबहादुर राईले। २०६५ असोज १३ गते सोलुखुम्बुको सोताङमा लोकबहादुर विश्वकर्माको गोली हानी हत्या गरेको आरोपमा…
बनेपा : जग्गाको लालपूर्जा नभएर पुनःनिर्माण आवास अनुदान पाउनबाट वञ्चित भएका काभ्रेपलाञ्चोकको फलाँटे र भुम्लुटारका भूकम्पपीडितले बिहीबारदेखि आवास अनुदान पाउन थालेका छन्। २०३२ सालमा भएको सीमा विवादका कारण नापी नभएपछि त्यस भेगका स्थानीयवासीले लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको तिरो तिरेको रसिदका आधारमा उनीहरुलाई पुनः निर्माण आवास अनुदान उपलब्ध गराइएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, धुलिखेलले जनाएको छ। 'जग्गा भोगचलन गरेको छ,…
गुलरिया (बर्दिया) : बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। बर्दियाको ठाकुरद्वारा आम्बासा सडकखण्डअन्तर्गत ठाकुरद्वारामा गएराति मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि बसेका एक जनाको ज्यान गएको हो। भे २ प ६६६५ नंको मोटरसाइकल दुर्घटना हुँदा दैलेख जम्मुकाँध घर भई बर्दियाको सूर्यपटुवा ठाकुरद्वारा सिँचाइ आयोजनामा कार्यरत नवीन भण्डारीको ज्यान गएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ। मोटरसाइकल चालक…
म्याग्दी : लागुऔषधसहित प्रहरीले म्याग्दीको सदरमुकाम बेनीस्थित बसपार्कबाट बिहीबार तीन जनालाई पक्राउ गरेका छन्। पक्राउ पर्नेमा रुपन्देही खैरेनी– ४ का १८ वर्षीय अजय सेन्चुरी, २० वर्षीय राजु राना र पोखरा उप महानगरपालिका– १५ का २१ वर्षीय सोनम घताने रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले जानकारी दिए। प्राप्त सूचनाका आधारमा प्रहरी सहायक निरीक्षक धनबहादुर कार्कीको कमाण्डमा खटिएको…