PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

बर्दियामा मोटरसाइकल दुर्घटना, एकको मृत्यु



रासस

गुलरिया (बर्दिया) : बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। बर्दियाको ठाकुरद्वारा आम्बासा सडकखण्डअन्तर्गत ठाकुरद्वारामा गएराति मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि बसेका एक जनाको ज्यान गएको हो।
 
भे २ प ६६६५ नंको मोटरसाइकल दुर्घटना हुँदा दैलेख जम्मुकाँध घर भई बर्दियाको सूर्यपटुवा ठाकुरद्वारा सिँचाइ आयोजनामा कार्यरत नवीन भण्डारीको ज्यान गएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ। मोटरसाइकल चालक शिवपुर–९ का सञ्जय थारूलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell