PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

पत्रकार महासंघ दाङको अध्यक्षमा सविन प्रियासन विजयी



रासस

पत्रकार महासंघ दाङको अध्यक्षमा सविन प्रियासन विजयी

दाङ : नेपाल पत्रकार महासङ्घ दाङको निर्वाचनमा सविन प्रियासन विजयी भएका छन्। महासङ्घको १० औं जिल्ला अधिवेशनबाट उनी गएराति विजय भए।
 
कुल २४३ मतमध्ये उनले एक सय ४९ मत पाएका छन्। पत्रकार महासङ्घको निर्वाचनमा प्रियासन नेतृत्वको संयुक्त प्यानललाई प्रेस युनियन र प्रेस सेन्टरको साथ रहेको थियो। निर्वाचनबाट पदाधिकारीमा उनकै प्यानल विजयी भएका छन्।
 
प्रियासन नेतृत्वको संयुक्त प्यानलबाट उपाध्यक्षमा डिल्ली मल्ल (प्रेस सेन्टर), महिला उपाध्यक्षमा लिला शाह (प्रेस युनियन) र र सचिवमा भूपेन्द्र प्रकाश ओली (प्रेस सेन्टर) निर्वाचित भए।
 
सहसचिवमा गोकर्ण पौडेल (प्रेस चौतारी), महिला सहसचिवमा शर्मिला विसी (प्रेस युनियन) र कोषाध्यक्षमा आरके शितल (प्रेस युनियन) निर्वाचित भएका छन्। त्यस्तै खुल्ला सदस्यमा जनक नेपाली, पाण्डवप्रसाद शर्मा, सुवास डिसी, भरतराज शर्मा, दामोदर बस्नेत, लीलाधर वली, केशरमान विसी, नारायण भण्डारी विजय भए।
 
महिला सदस्यतर्फ सविता चौधरी, जनजाति तर्फ प्रेमबहादुर घर्ती, निर्वाचित भए भने केन्द्रीय पार्षद्मा विपुल पोख्रेल, सुदिप गौतम, अर्जुन गिरी, सुदर्शन रिजाल, सन्तोष सुवेदी, नारायणी रजौरे, केएल पीडित, सुनिलकुमार बस्नेत, हेमराज शर्मा, छविलाल कोपिला, जेएन सागर, देवीराम कुसारी, केपी घिमिरे, वंशीकुमार शर्मा, लक्ष्मी आचार्य, प्रकाश चौरी, सुलोचन गौतम, नरेन्द्र केसी, सुरेशसुमन डाँगी, उदय जिएम विजय भएको निर्वाचन अधिकृत सुशील गौतमले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell