जाजरकोट : जिल्ला हुलाक कार्यालयमार्फत सञ्चालनमा ल्याइएको टेलिसेन्टर सेवा नारामै सीमित भएको छ। स्थापना कालदेखि नै टेलिसेन्टर सेवा विद्युत्को अभावमा प्रभावकारी नहुँदा सेवाग्राहीले सेवा नपाएको गुनासो गदै आएका थिए। सरकारले जिल्ला हुलाकमार्फत जिल्लावासीलाई इन्टरनेट, फोटोकपीलगायतका सेवा प्रवाह गर्ने भने पनि सबै काम नारामै सीमित भएको सेवाग्राहीले बताएका छन्। जिल्ला हुलाकमै सेवा दिन नसकेको अवस्थामा ग्रामीण क्षेत्र रहेका हुलाकमा…
काठमाडौँ : मोतीदेवी स्मृति केन्द्रले समाजको विकासमा विभिन्न क्षेत्रबाट योगदान गरेका आठ महिलालाई ‘मोतीदेवी स्मृति सम्मान’ प्रदान गर्ने भएको छ। सम्मानित हुनेमा राष्ट्रिय समाचार समितिका पूर्वमहाप्रबन्धक निर्मला आचार्य, २०२६ सालमा प्याराजम्प गर्ने साहसिक महिला अन्नपूर्ण कुँवर, निजामती सेवामा दृष्टिविहीन अधिकृत निरा अधिकारी, दाइजो प्रथाको विरुद्ध चेतना फैलाउने अभियन्ता रिङ्कु ठाकुर, कृषि क्षेत्रमा सूचना प्रवाह गर्ने जेटिए लक्ष्मी भुसाल, राजनीतिज्ञ…
काठमाडौँ : महिला अधिकार, उत्थान, जागरण र सशक्तीकरणका क्षेत्रमा सरकारलाई आवश्यक सल्लाह र सुझाव दिन अधिकारकर्मी चाँदनी जोशीको संयोजकत्वमा ‘महिला विज्ञ समूह’ गठन गरिएको छ। महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले गठन गरेको समूहमा अनुराधा कोइराला, बन्दना राणा, लिली थापा र शान्तालक्ष्मी श्रेष्ठ सदस्य रहेका छन्। काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले सो…
दाङ : दाङको एक विद्यालयले गाउँलेबाट चन्दा सङ्कलन गरेर शिक्षकलाई तलब दिने गरेको छ। दाङको तुलसीपुर नगरपालिका–७ मा रहेको आधारभुक्त विद्यालय, प्रतावकोटले विद्यालयमा दरवन्दीअनुसारका शिक्षक नहुँदा निजी स्रोतबाट शिक्षकलाई व्यवस्था गरेको विद्यालयका प्रधानाध्यापक फस्टबहादुर रानाले बताए। विद्यालयमा ६ जना विद्यालयले निजी स्रोतमा राखेको र उनीहरुलाई दिने तलब गाउँले र सामुदायिक वनबाट उठाउने गरेको रानाले जानकारी दिए। प्रतिघर वार्षिक…
भक्तपुर : सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै भक्तपुरमा दलहरु निर्वाचनको तयारीमा जुटेका छन्। आगामी वैशाख ३१ गतेका लागि सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै यहाँका राजनीतिक दल निर्वाचनको तयारीमा जुटेका हुन्। नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले निर्वाचनको घोषणासँगै आफ्नो पार्टी स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको बताए। उनले भने, 'नेपाली काँग्रेस स्थानीय तहको…
मुगु : आज बिहान घर पोत्न प्रयोग गरिने रातो माटो निकाल्दै गर्दा माटोको ढिस्कोले पुरेर एक जना महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, मुगुका प्रहरी नायब निरीक्षक रामबहादुर सिंहका अनुसार मुगु जिल्ला काकीवाडा गाविस–१ भामवाडा गाउँकी २५ वर्षीया कोकिला भामको रारा विमानस्थलभन्दा १५ मिनेट उत्तरमा रहेको ढुमाललेकको जङ्गलमा रातोमाटो निकाल्दै गर्दा ढिस्कोमा पुरिएर घटनास्थलमै मृत्यु भएको थियो। …
रुकुम : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन नगरेसम्म कुनै पनि निर्वाचन हुन नसक्ने दाबी गरेका छन्। संविधान संशोधन गरेर मधेसी दलले उठाएका मागलाई सम्बोधन गरेमात्र तीनवटै तहको चुनाव गर्न सकिने उनले बताए। पार्टी प्रशिक्षणका लागि रुकुम पुगेका भट्टराईले आज काठमाडौँ जानुअघि सल्ले विमानस्थलमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै अहिलेको सरकारले आफ्नो आयु लम्ब्याउनलाई निर्वाचनको…
कावासोती : निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आवधिक निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनाउने बताएका छन्। नेपाल जेसिजले आज कावासोतीमा आयोजना गरेको लोम/लोन लिडर्स कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले भने, 'विधिको शासन कायम गर्न प्रयास गर्नु परेको छ। अहिले संविधान भए पनि विधिको शासनको अभाव छ।' परिवर्तनको आधारशिला युवा नै भएकाले युवाले मतदानलाई आफ्नो अधिकारका रुपमा ग्रहण गर्नुपर्ने प्रमुख…
भक्तपुर : नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सेना परिचालन गरेर भए पनि तोकिएको मितिमा स्थानीय निर्वाचन गर्नुपर्ने बताएका छन्। रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा सांसद बिजुक्छेले स्थानीय निर्वाचन नगराउनका लागि विदेशी चलखेल सुरु भएको विचार व्यक्त गर्दै मुलुकभर एकैदिन सम्भव नभए खण्डखण्डमा भए पनि निर्वाचन गर्नुपर्नेमा जोड दिए। उनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विरोध गर्दैमा…
हुम्ला : हुम्लाको जिल्ला अदालतलगायत अन्य सरकारी कार्यालयमा कर्मचारी अभाव रहेको पाइएको छ। जिल्लास्थित अन्य सरकारी कार्यालयमा पनि कर्मचारी अभाव भएको स्थानीय विकास अधिकारी बलदेवप्रसाद जैसीले बताए। योजना तर्जुमा गोष्ठी र अन्य बैठकमा विभिन्न निकायका प्रमुखहरुको उपस्थिति हुने नगरेको उनले बताए। गाविसबाट आएका योजना समावेश गर्न जिल्ला परिषद् हुने टुङ्गो लागेको छैन। प्रायः सरकारी कार्यालयमा प्रमुख छैनन्। मालपोत कार्यालयका…
त्रिशुली (नुवाकोट) : त्रिशुलीस्थित राममन्दिर पुनःनिमाणका लागि स्थानीयवासीले ६५ लाख रुपैयाँ जुटाएका छन्। भूकम्पले भत्काएको मन्दिर दुई वर्ष पुग्न लाग्दा पनि सरकारी निकायबाट पुनःनिर्माणमा चासो नदिइएका कारण स्थानीयवासीले ‘रामचरित्र मानस’ वाचन गरेर रकम जुटाएका हुन्। रामचरित्र मानस कथा वाचन कार्यक्रमको आयव्यय सार्वजनिक गर्दै राममन्दिर संरक्षण समितिले सबै खर्च कटाएर ६५ लाख ७३ हजार बचत भएको जनाएको छ। समितिका संयोजक धनबहादुर…
नवद्वीप श्रेष्ठ त्रिशुली (नुवाकोट) : राष्ट्रिय गौरवको आयोजना भनिने मध्यपहाडी लोकमार्गबारेमा नुवाकोटका स्थानीय भने अन्योलमा रहेका छन्। राजमार्गले कति सडक सीमा कायम गर्छ भन्ने यकिन नहुँदा अन्योल छाएको उनीहरुले बताएका छन्। सिन्धुपाल्चोकबाट नुवाकोट हुँदै धादिङ जाने क्रममा नुवाकोटका एक नगरपालिका र १२ गाविसलाई यो राजमार्गले छुन्छ। अहिलेको योजनाअनुसार जिल्लामा तलाखु, लिखु, महाकाली, भद्रुटार, सुनखानी, थानापति, थानसिङ, सूर्यमति, खानीगाउँ, चारघरे, विदुर…
गौर (रौतहट) : पेट्रोल पम्पमा राखिएको सुतली बम आज बिहान नेपाली सेनाले निष्क्रिय गरेको छ। सरमुज्वा गाविस– ८ बङ्कुल बजारस्थित रहेको ओम आयल ट्रेड कन्सर्नमा गएराति अज्ञात व्यक्तिले राखेको सुतली बम आज बिहान स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। अमर दल गुल्म पुरेनवाबाट आएको सेनाको टोलीले बम निष्क्रिय गरेको प्रहरी चौकी बङ्कुलका प्रहरी सहायक निरीक्षक रामेश्वर ठाकुरले बताए। …
चितवन : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा नयाँ चिनियाँ विशेषज्ञ टोली आइपुगेको छ। हाल रहेको टोली मार्च १ तारिखमा फिर्ता हुने तयारीसँगै नयाँ टोली यहाँ आएको हो। चीन सरकारले एसियाकै नमुना अस्पतालका रूपमा निर्माण गरिदिएको सो अस्पतालमा चीन सरकारले नै उच्चस्तरको विशेषज्ञ टोली सुरुवातदेखि नै पठाउँदै आएको छ। अस्पतालका कार्यकारी निर्देशक डा चीनबहादुर पुनका अनुसार अन्तरङ्ग सेवा सुरु…
बिर्तामोड : सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तोकिएको समयमा स्थानीय तहको चुनाव हुन नसक्ने बताएका छन्। सङ्घीय प्रेस फोरमले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रदेशले पाएको अधिकार खोसेर सरकार उल्टो दिशातर्फ हिँड्न खोजेको आरोप लगाए। 'सरकारले पहिला प्रदेशको चुनाव गराउनुपर्छ, प्रदेशले मात्र स्थानीय तहको चुनाव गराउने हो,' अध्यक्ष यादवले चेतावनी दिए, 'सरकारले स्थानीय तहको निर्वाचन जबर्जस्ती…
पर्वत : सानै उमेरदेखि विदेश जाने र प्रशस्त धन कमाएर ल्याउने सपना बोकेका यहाँका एक युवाले सैलुन व्यवसायबाट मासिक दुई लाखभन्दा बढी आम्दानी गर्न थालेका छन्। खाडी मुलुक युएई पुगेर दुई वर्षसम्म पसिना बगाए पनि सोचेजस्तो आम्दानी गर्न नसकेपछि घरमै फर्केर सैलुन व्यवसाय सुरु गरेका २७ वर्षीय राजन पौडेलले अहिले मनग्य आम्दानी गर्न थालेका हुन्। विदेशबाट फर्किएपछि राजधानी…
काठमाडौं : नेपालका लागि भारतीय राजदूत रन्जीत रेले नेपाल र भारतको समृद्धिले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताएका गरेका छन्। नीति अनुसन्धान प्रतिष्ठान नेपालले शनिबार राजधानीमा राजदूत रे को बिदाइमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले दुवै देश समृद्धिको मार्गतर्फ बढिसकेकाले अहिले देखिएका समस्या समाधान हुने आशा व्यक्त गरे। 'नेपाल समृद्धितर्फ बढिरहेको छ,' राजदूत रेले भने, 'समृद्धिबाट नेपाल र भारतबीच…
गोरखा : बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबानमा पर्ने जग्गाको मुआब्जा जग्गा धनीलाई वितरण सुरु गरेपछि आयोजनाले गति लिन थालेको छ। लामो समयदेखि आयोजनाबारे चर्चा भए पनि मुआब्जा वितरण हुन नसक्दा एक हजार २०० मेगावाट क्षमताको जलाशयुक्त यस आयोजनाले गति लिन सकेको थिएन। बूढीगण्डकी जलविद्युत् निर्माण हुँदा गोरखाका १४ र धादिङका १३ गाविसको करिब ६० हजार रोपनी क्षेत्रफल जग्गा डुबान…
विराटनगर (पानीट्याङ्की) : विराटनगरस्थित गोल्डेन अस्पतालले पत्रकारलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा गरेको सेवा सुविधा सार्वजनिक गरेको छ। केही दिनअघि आफ्नो वार्षिक साधारणसभामा मोरङका पत्रकारलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको अस्पतालले पत्रकारले पाउने सेवा सुविधाबारे जानकारी सार्वजनिक गरेको हो। अस्पतालमा पाउने निःशुल्क सेवामा ओपिडी सेवा, एक्सरे, अल्ट्रासाउन्ड, बेड चार्ज, इसिजी आदि सेवा निःशुल्क छन् भने ल्याबमा हर्मोनल टेस्टबाहेकका…
काठमाडौँ : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री केन्द्रमा छाप्ने भएको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवलगायतका पदाधिकारीले केन्द्रको स्थलगत निरीक्षण गरी मतपत्र छपाइलगायतको कार्यका विषयमा छलफल गरेपछि उक्त निर्णय गरेको हो। मतपत्र छपाइका लागि आवश्यक पर्ने जनशक्ति, प्रेसको अवस्था तथा अन्य प्राविधिक तथा सुरक्षात्मक हिसाबले पनि केन्द्र नै उपयुक्त रहेको निष्कर्षका आधारमा…