PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

उपेन्द्र यादवको चेतावनी- 'जबरजस्ती स्थानीय चुनाव गराए संघीयता खतरामा'



रासस

उपेन्द्र यादवको चेतावनी- 'जबरजस्ती स्थानीय चुनाव गराए संघीयता खतरामा'

बिर्तामोड : सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तोकिएको समयमा स्थानीय तहको चुनाव हुन नसक्ने बताएका छन्।
 
सङ्घीय प्रेस फोरमले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रदेशले पाएको अधिकार खोसेर सरकार उल्टो दिशातर्फ हिँड्न खोजेको आरोप लगाए। 'सरकारले पहिला प्रदेशको चुनाव गराउनुपर्छ, प्रदेशले मात्र स्थानीय तहको चुनाव गराउने हो,' अध्यक्ष यादवले चेतावनी दिए, 'सरकारले स्थानीय तहको निर्वाचन जबर्जस्ती गर्न खोज्यो भने सङ्घीयता धरापमा पर्छ।'
 
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार गठनका बेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गरेको तीनबुँदे सहमति कार्यान्वयन नगरेको आरोप लगाउँदै उनले ‘सहमति कार्यान्वयनमा चासो नदेखाइएका’ कारण सरकारलाई मोर्चाले दिँदै आएको समर्थन फिर्ता लिने प्रक्रिया अघि बढाइने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell