PahiloPost

May 24, 2026 | १० जेठ २०८३

हुम्लाका सरकारी कार्यालयमा कर्मचारी अभाव



रासस

हुम्ला : हुम्लाको जिल्ला अदालतलगायत अन्य सरकारी कार्यालयमा कर्मचारी अभाव रहेको पाइएको छ। 

जिल्लास्थित अन्य सरकारी कार्यालयमा पनि कर्मचारी अभाव भएको स्थानीय विकास अधिकारी बलदेवप्रसाद जैसीले बताए। योजना तर्जुमा गोष्ठी र अन्य बैठकमा विभिन्न निकायका प्रमुखहरुको उपस्थिति हुने नगरेको उनले बताए।
 
गाविसबाट आएका योजना समावेश गर्न जिल्ला परिषद् हुने टुङ्गो लागेको छैन। प्रायः सरकारी कार्यालयमा प्रमुख छैनन्। मालपोत कार्यालयका लालप्रसाद ढकालले मुक्त हलियाका लागि कार्यालयमा परिचयपत्र दिने कामका लागि सधैँभरि भीड लाग्ने गरेको जानकारी गराउँदै कार्यालयको काम विस्तार भइरहेको बताए।
 
सदरमुकाममा आएका हलियाहरु पैसा नपाउँदा छ हजारदेखि १० हजारसम्म होटलमै खर्च हुने गरेको सिमिकोटकै पिउली शाही र हरिवाने शाहीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell