PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

भूकम्पमा भत्केको राम मन्दिर बनाउन ६५ लाख सङ्कलन



रासस

त्रिशुली (नुवाकोट) : त्रिशुलीस्थित राममन्दिर पुनःनिमाणका लागि स्थानीयवासीले ६५ लाख रुपैयाँ जुटाएका छन्। 

भूकम्पले भत्काएको मन्दिर दुई वर्ष पुग्न लाग्दा पनि सरकारी निकायबाट पुनःनिर्माणमा चासो नदिइएका कारण स्थानीयवासीले ‘रामचरित्र मानस’ वाचन गरेर रकम जुटाएका हुन्।

रामचरित्र मानस कथा वाचन कार्यक्रमको आयव्यय सार्वजनिक गर्दै राममन्दिर संरक्षण समितिले सबै खर्च कटाएर ६५ लाख ७३ हजार बचत भएको जनाएको छ। समितिका संयोजक धनबहादुर श्रेष्ठका अनुसार रामचरित्र मानसमा रु ७४ लाख ३३ हजार सङ्कलन भएको थियो ।
 
पहिलेको पश्चिम १ नं भनिने नुवाकोट, धादिङ र रसुवाकै सबैभन्दा पुरानो बजार र केन्द्रका रुपमा लिइने त्रिशुली बजारबासीको आस्थाको केन्द्र रहेको राममन्दिर पुनःनिर्माणमा सरकारले बेवास्ता गरेको कारण स्थानीयवासी जुट्नुपरेको राममन्दिर संरक्षण समितिका सचिव नारायण श्रेष्ठले बताए।
 
मन्दिर पुनःनिर्माणका लागि एक करोड ३० लाख लाग्ने प्राविधिकले अनुमान गरेका छन्। समितिले मन्दिर पुनःनिर्माणका लागि थप रकम जुटाउन र पुनःनिर्माणमा प्राथमिकतामा राख्न सरकारी निकायलाई आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell