PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु



रासस

मुगु : आज बिहान घर पोत्न प्रयोग गरिने रातो माटो निकाल्दै गर्दा माटोको ढिस्कोले पुरेर एक जना महिलाको मृत्यु भएको छ।
 
जिल्ला प्रहरी कार्यालय, मुगुका प्रहरी नायब निरीक्षक रामबहादुर सिंहका अनुसार मुगु जिल्ला काकीवाडा गाविस–१ भामवाडा गाउँकी २५ वर्षीया कोकिला भामको रारा विमानस्थलभन्दा १५ मिनेट उत्तरमा रहेको ढुमाललेकको जङ्गलमा रातोमाटो निकाल्दै गर्दा ढिस्कोमा पुरिएर घटनास्थलमै मृत्यु भएको थियो।
 
सँगै गएका साथीहरुले गाउँलेलाई खबर गरेपछि प्रहरी र गाउँले घटनास्थलमा पुगेका थिए। मृतक भामका दुई छोराछोरी रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell