PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

पेट्रोल पम्पमा अज्ञात व्यक्तिले राखेको बम सेनाद्वारा निष्क्रिय



रासस

गौर (रौतहट) : पेट्रोल पम्पमा राखिएको सुतली बम आज बिहान नेपाली सेनाले निष्क्रिय गरेको छ।
 
सरमुज्वा गाविस– ८ बङ्कुल बजारस्थित रहेको ओम आयल ट्रेड कन्सर्नमा गएराति अज्ञात व्यक्तिले राखेको सुतली बम आज बिहान स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। अमर दल गुल्म पुरेनवाबाट आएको सेनाको टोलीले बम निष्क्रिय गरेको प्रहरी चौकी बङ्कुलका प्रहरी सहायक निरीक्षक रामेश्वर ठाकुरले बताए।
 
बम किन कसले राखेको भन्नेबारे अनुसन्धान भइरहेको छ। बजारको पेट्रोल पम्पमा बम राखिएको खबरले स्थानीय व्यापारी त्रसित भएको स्थानीयवासी राजन जैसवालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell