भीमदत्तनगर : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले महाकाली नदीमा पुल निर्माणका लागि पुल योजनाको कार्यालय आज उद्घाटन गरेका छन्। कञ्चनपुरको भीमदत्तनगरस्थित योजना कार्यालय उद्घाटनपछि मन्त्री लेखकले महाकाली नदीमा चार लेनको पक्की पुल बने प्रदेश नं ७ सँगै मुलुकको आर्थिक विकासमा टेवा पुग्ने बताए। 'पुल बने सुदूरपश्चिमको विकासमा क्रान्ति आउँछ भन्ने हाम्रो पुरानो सपना आज यथार्थमा रुपान्तरण हुँदैछ।' मन्त्री…
काठमाडौँ : ललितपुर र भक्तपुर जिल्ला अदालतका दुई न्यायाधीशविरुद्ध ९१ वर्षीया एक वृद्धाले फैसलामा गम्भीर त्रुटि गरेको दाबीसहित न्याय परिषद्, कानुनमन्त्री र मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयसमक्ष उजुरी दिएकी छन्। आफ्नो स्वामित्व कायम हुने ललितपुर र भक्तपुरको जग्गालाई हकदाबी नै नपुग्ने र कानुनी आधार नै नभएका व्यक्तिहरुको नाममा दुवै न्यायाधीशले हक स्थापित गरिदिएपछि आशामाया गोर्खाली श्रेष्ठले फरक-फरक प्रकृतिका जग्गा मुद्दामा…
सिद्धराज भट्ट धनगढी : विश्व फुटबल महासङ्घ (फिफा) मा आबद्ध दुई सय नौ देशको नाम ६१ सेकेन्डमा खररर्र वाचन गरी ‘गिनिज बुक अफ ओर्ल्ड रेकर्ड‘मा नाम लेखाउन सफल कैलालीका भरत विष्टले अर्को अनौठो प्रतिभा देखाएका छन्। उनले एक मिनेटको समयभित्र नियमानुसार लसुनका ४२ पोटी खाएर देखाएका हुन्। एक पटकमा एउटा मात्र लसुनको पोटी खान पाइने लगायत नियम भए पनि…
बेँसीसहर (लमजुङ) : पूर्वी लमजुङको राइनासमा बसको ठक्करबाट आज राइनास– ११, प्यारजुङका ६९ वर्षीय गङ्गाराम गुरुङको मृत्यु भएको छ। नारायणगणबाट लमजुङको बोराङतर्फ आउँदै गरेको ना ४ ख ९६ नं को बसले गुरुङलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट गुरुङको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी हवल्दार भूमिराज घिमिरेले जानकारी दिए। गुरुङ प्यारजुङबाट चितवन बसाइँ सरेका थिए। बसाइँसराइको कागजपत्र मिलाउन नगरपालिका…
भक्तपुर : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सङ्घारमा भक्तपुरस्थित सानोठिमी क्याम्पस तनावग्रस्त बनेको छ। गए राति क्याम्पस प्रमुख रामचन्द्र घिमिरेको कार्यकक्षमा आगजनी भएको थियो। सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारी ‘प्रचण्ड’ र नेविसङ्घले संयुक्त तथा एमाले निकट अनेरास्ववियु र अखिल क्रान्तिकारी (विप्लव) पक्षले संयुक्त समूह बनाएर उम्मेदवारी दिएका छन्। अखिल क्रान्तिकारी ‘प्रचण्ड’ समूहका महासचिव एवम् सानोठिमी क्याम्पसका निवर्तमान स्ववियु सभापति वीरेन्द्र बस्नेतले अनेरास्ववियु…
धुलिखेल : ऊर्जामन्त्री जनार्दन शर्माले प्राकृतिक स्रोत र साधनलाई प्रयोग गर्न सकेमा छिट्टै जनताले खोजेको चाहना पूरा गर्ने सकिने बताएका छन्। काभ्रेपलाञ्चोकको धुलिखेलमा लियो क्लब अफ काठमाडौँ मार्गदर्शनले आयोजना गरेको ‘प्रिज्म इन्टरनेसनल युथ क्याम्प’को समापन कार्यक्रममा मन्त्री शर्माले भने, 'हामी कस्तुरीजस्तै भएका छौं, बिना आफैंले बोकेर बास्नाको पछि दौडिरहेको जस्तै प्राकृतिक स्रोत र साधन भएर पनि प्रयोग गर्न नसकेर अरुकै…
लसकार गाह (अफगानिस्तान) : अफगानिस्तानको हेलमान्ड प्रान्तको प्रान्तीय राजधानी लसकार गाहमा रहेको प्रहरी जाँचचौकीमा मङ्गलबार १२ जना प्रहरीको मृत्यु भएको छ। केन्द्रीय राजधानी काबुलदेखि ५५५ किलोमिटर दक्षिणतर्फ पर्ने लसकार गाहमा अचानक मङ्गलबार एकाबिहानै आक्रमणमा परी १२ जना प्रहरीको मृत्यु भएको स्थानीय सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन्। प्रहरीहरु आफ्ना कार्यालयको कार्यमा खटिइरहेका बेला हातहतियारसहित आएर तालिवान आतङ्ककारी एकाएक आक्रमण…
लस एन्जेल्स (अमेरिका) : अमेरिकाको क्यालिफोर्निया राज्यमा सोमबार एक सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन्। तीन जना सन्तानसहित एक दम्पत्तिलाई सान जोसेबाट लिएर आएको विमान दुर्घटनाग्रस्त भएको हो। लस एन्जेलस महानगरको आनाहेइममा भएको एक प्रतियोगिताबाट उनीहरु आफ्नो घरतर्फ फर्किएका थिए। स्थानीय समयअनुसार बेलुका ४ः४५ बजे सो विमान दुर्घटनाग्रस्त भएको थियो।…
तम्घास (गुल्मी) : गुल्मीको इस्मा रजस्थलमा एक व्यक्तिले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। इस्मा रजस्थल–१ अन्तर्गत थापाचौर निवासी ५९ वर्षीय यमबहादुर खत्रीले आज बिहान आफ्नै घरमा बसिरहेको अवस्थामा ४५ वर्षीय श्रीमती कमला खत्रीलाई खुकुरी प्रहार गरी ढुङ्गाले थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले बताएका छन्। खुकुरी प्रहारबाट लक्ष्मीको घटनास्थलमा…
वालिङ : स्याङ्जाको रापाकोटमा आज करेन्ट लागेर वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार रापाकोट गाविस–३ आउरीखर्कका ७२ वर्षीया केशरी लम्सालको मृत्यु भएको हो। केशरीको रापाकोट गाविस ५ खानीडाँडामा घाँस काट्ने क्रममा विद्युत सर्ट भई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
लमजुङ (वेसीसहर) : सदरमुकाम वेंसीसहर–४ पैरेमा आज एउटा शव फेला परेको छ। अन्दाजी ४५ वर्षीय मधेसी मूलका जोगीको भेषमा ती व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धिसागर पुरीले बताए। शवलाई लमजुङ जिल्ला सामुदायिक अस्पतालमा राखिएको र पहिचान खुल्न नसके शव वेसीसहर नगरपालिकाको जिम्मा लगाइने उनले बताए।
एथेन्स : ग्रीसको घरजग्गाको आवासीय तथा व्यवसायिक कारोबारको औसत मूल्यमा सन् २००८ यता ४१.३ प्रतिशतले गिरावट आएको यहाँको केन्द्रीय बैंकले आइतबार जनाएको छ। यो मूल्य गिरावट आगामी केही समय अझै कायम रहने बताइएको छ । ग्रीक कर्जा सङ्कट सुरु भएसँगै सन् २००८ पछि नै घरजग्गाको कारोबार मूल्यमा भारी गिरावट आउन थालेको र झण्डै १० बर्षको अवधिमा कारोबार मूल्यमा ४१.३ प्रतिशतले…
बेनी (म्याग्दी) : म्याग्दी जिल्लाको दुर्गम रुम गाविसमा रहेको स्लेट र छाउनी ढुङ्गाको खानीलाई सञ्चालनमा ल्याउन स्थानीयले सरकारसँग माग गरेका छन्। रुम गाउँको शिरानमा रहेको सो स्लेट खानीमा गुणस्तरीय स्लेट र छाउनी ढुङ्गा निकाल्न सकिने भए पनि प्रविधिको अभाव र लगानीको समस्याका कारण स्थानीयले थोरै मात्रामा खानीबाट स्लेट र छाउनी ढुङ्गा निकालेर बिक्री गर्दै आएका छन्। रुममा रहेको…
इनरुवा : सुनसरीको सीमावर्ती क्षेत्रमा पहिलो पटक फलफूल बिक्री वितरण केन्द्र बन्ने भएको छ। स्थानीयको पहल र गरिबी निवारण कोषको आर्थिक सहयोगमा सीमा क्षेत्रमा पर्ने साहेवगन्ज गाविसमा फलफूल बिक्री केन्द्र बन्ने भएको हो। फलफूल बिक्री केन्द्रका लागि आठ लाख रुपैयाँ गरिबी निवारण कोषको सहयोग र दुई लाख बराबरको जनश्रमदानसहित १० लाखको लागतमा निर्माण हुने निर्माण समितिका अध्यक्ष गयानन्द मण्डलले जानकारी…
लमजुङ (बेसीसहर) : सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसका विद्यार्थीबीच आज बिहान झडप भएको छ। क्याम्पसमा अध्ययनरत नेविसङ्घ र अखिल समर्थित विद्यार्थीबीच आसन्न स्ववियु निर्वाचनका क्रममा झडप भएको हो। झडपमा प्रहरीसहित चार जना नेविसङ्घ समर्थित विद्यार्थी घाइते भएका छन्। झडप नियन्त्रण गर्ने क्रममा सुन्दरबजार इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक होमनाथ अधिकारी पनि घाइते भएका छन्। …
बनेपा : काभ्रेपलाञ्चोकमा मङ्गलबार हुने भनिएको नेपाल पत्रकार महासङ्घको अधिवेशन स्थगित भएको छ। जिल्ला अधिवेशन सम्पन्न गर्न आवश्यक तयारी पूरा हुँदा समेत पत्रकार महासङ्घ केन्द्रीय समितिको ढिलासुस्तीका कारण ६० जना नयाँ सदस्यको नामावली प्राप्त नभएकाले महासङ्घको जिल्ला अधिवेशन स्थगन भएको नेपाल पत्रकार महासङ्घ, काभ्रेपलाञ्चोकद्वारा जारी विज्ञप्ति जनाइएको छ। पत्रकार महासङ्घ, काभ्रेपलाञ्चोकका अध्यक्ष नारायण सापकोटाले गत १२ गते बसेको…
फलेवास (पर्वत) : पछिल्लो समय लोप हुँदै जान थालेका मगर समुदायको कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पर्वतमा मगर सांस्कृतिक महोत्सव सुरु भएको छ। ३५ औँ मगर दिवसको अवसरमा पर्वतमा क्रियाशील पुन युवा क्लबको आयोजनामा आइतबारदेखि महोत्सव सुरु भएको हो। पछिल्लो समय लोप हुँदै जान थालेका मगर संस्कृति, सोरठी, सालैजो, यानिमाया, सुनिमाया, ठाडो भाकालगायत मगर वेषभूषा, मगर समुदायमा प्रचलित खानाका परिकार,…
रत्ननगर (चितवन) : अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ट्याक्टर र जेसिवी प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनको नदीजन्य पदार्थ उत्खनन नियन्त्रण तथा निरुत्साहित गर्ने अभियानअन्तर्गत पश्चिम चितवनमा उत्खनन गर्दै गरेका बेला प्रहरीले आठ वटा ट्याक्टर र तीन वटा जेसिवी नियन्त्रणमा लिएको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। भरतपुर–१८ को सिद्धी गणेश सामुदायिक वन…
काठमाडौं : चितवनका विभिन्न क्षेत्रबाट प्रहरीले २०० लिटर घरेलु मदिरा बरामद गरेको छ। घरेलु मदिरा बिक्री वितरण तथा ओसारपसार नियन्त्रण विशेष अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय खैरहनी र इलाका प्रहरी कार्यालय भण्डाराको टोलीले मदिरा बरामद गरेको हो। आइतबार खैरहनी नगरपालिका–८ बाट २०० लिटर अवैध घरेलु मदिरा र १०१ वटा मदिरा राख्ने प्लास्टिकका भाँडा, १४ वटा मदिरा बनाउने भाडा नियन्त्रणमा…
काठमाडौँ : संयुक्त राज्य अमेरिकाको वासिङ्टन राज्य सरकारले नेपाली विषयलाई अध्यापन हुने भाषाका रुपमा सूचीकृत गरेसँगै नेपाली विषय अध्ययनको ढोका खुलेको छ। वासिङ्टन राज्यको एसिया प्रशान्त मामिला हेर्ने राज्य आयोगका आयुक्त गैरआवासीय नेपाली मोहन गुरुङले आफ्नो प्रयासमा सो राज्य सरकारले त्यहाँका शैक्षिक संस्थामा अध्यापनका लागि नेपाली विषयलाई पनि सूचीकृत गरेको बताए। हाल नेपाल भ्रमणमा रहेका आयुक्त गुरुङका अनुसार वासिङ्टन सरकारको…