PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

यातायातमन्त्री लेखकले गरे महाकाली पुल योजना कार्यालय उद्घाटन



रासस

यातायातमन्त्री लेखकले गरे महाकाली पुल योजना कार्यालय उद्घाटन

भीमदत्तनगर : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले महाकाली नदीमा पुल निर्माणका लागि पुल योजनाको कार्यालय आज उद्घाटन गरेका छन्।
 
कञ्चनपुरको भीमदत्तनगरस्थित योजना कार्यालय उद्घाटनपछि मन्त्री लेखकले महाकाली नदीमा चार लेनको पक्की पुल बने प्रदेश नं ७ सँगै मुलुकको आर्थिक विकासमा टेवा पुग्ने बताए। 'पुल बने सुदूरपश्चिमको विकासमा क्रान्ति आउँछ भन्ने हाम्रो पुरानो सपना आज यथार्थमा रुपान्तरण हुँदैछ।' मन्त्री लेखकले भने- 'पुलसँगै पुल छेउछाउको बाढीको समस्या समाधानका साथै चार लेनकै करिब सात किलोमिटर सडक समेत निर्माण हुनेछ।'
 
यहाँको भीमदत्तनगरपालिका र महाकाली पारि दोधारा चादँनी नगरपालिका जोड्ने पुल भारतीय ‘एक्जिट’ बैंकको साढे चार अर्बको सहुलियत ऋण लगानीमा निर्माण हुन लागेको हो। 'पुल बनाउन सबै राजनीतिक दललगायत नागरिक समाजले सहयोग गर्नुपर्छ।' उनले भने, 'विकासका एजेन्डामा साझा भएर लाग्नुपर्छ, राजनीति गर्नुहुँदैन।'
 
महाकालीमा अवस्थित शारदा ब्यारेजभन्दा ५.६ किमी दक्षिण र दोधारा चादँनी झोलुङ्गे पुलभन्दा २.६ किमी उत्तरतर्फको भूभागमा पुल निर्माण हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell