PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

अवैध रुपमा माटो उत्खनन गर्ने ट्याक्टर र जेसिवी नियन्त्रणमा



रासस

रत्ननगर (चितवन) : अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ट्याक्टर र जेसिवी प्रहरीले नियन्त्रणमा लिएको छ।
 
जिल्ला प्रहरी कार्यालय चितवनको नदीजन्य पदार्थ उत्खनन नियन्त्रण तथा निरुत्साहित गर्ने अभियानअन्तर्गत पश्चिम चितवनमा उत्खनन गर्दै गरेका बेला प्रहरीले आठ वटा ट्याक्टर र तीन वटा जेसिवी नियन्त्रणमा लिएको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
 
भरतपुर–१८ को सिद्धी गणेश सामुदायिक वन क्षेत्रअन्तर्गत नारायणी नदी किनारमा गिटी–बालुवा उत्खनन गर्ने क्रममा आइतबार वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरीक्षक निरञ्जन भट्टराईको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त स्थानबाट वरपिपल कन्ट्रक्सनको तीन वटा जेसिवी र आठ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो।
 
यसरी नियन्त्रणमा लिइएकोमा बा २ क ८८६, ना १ क २६०१ र नम्बर नखुलेको जेसिवी छ। यस्तै ना ३ त ४२५५, ना ३ त ७३९५, ना ६ त १३२८, ना ५ त ३६४, लु २ त ५७६९, ना ४ त ७४४२, ना ३ त ६५६८, ना १ त ९५३० नम्बरको ट्याक्टर नियन्त्रणमा लिएर कारबाहीका लागि जिल्ला विकास समिति चितवनमा पठाइएको प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell