PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

सुनसरीको सीमाक्षेत्रमा फलफूल बिक्री केन्द्र बन्ने



रासस

सुनसरीको सीमाक्षेत्रमा फलफूल बिक्री केन्द्र बन्ने

इनरुवा : सुनसरीको सीमावर्ती क्षेत्रमा पहिलो पटक फलफूल बिक्री वितरण केन्द्र बन्ने भएको छ। 

स्थानीयको पहल र गरिबी निवारण कोषको आर्थिक सहयोगमा सीमा क्षेत्रमा पर्ने साहेवगन्ज गाविसमा फलफूल बिक्री केन्द्र बन्ने भएको हो। 

फलफूल बिक्री केन्द्रका लागि आठ लाख रुपैयाँ गरिबी निवारण कोषको सहयोग र दुई लाख बराबरको जनश्रमदानसहित १० लाखको लागतमा निर्माण हुने निर्माण समितिका अध्यक्ष गयानन्द मण्डलले जानकारी दिए। गरिबी निवारण कोषले ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेको तरकारी तथा फलफूल सहज बिक्री र बस्नका लागि समेत सहजता हुने बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell