PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

​आर्थिक संकटपछि ग्रीसमा घरजग्गा कारोबार संकटमा, ४१ प्रतिशतले कारोबार घट्यो



रासस

​आर्थिक संकटपछि ग्रीसमा घरजग्गा कारोबार संकटमा, ४१ प्रतिशतले कारोबार घट्यो

एथेन्स : ग्रीसको घरजग्गाको आवासीय तथा व्यवसायिक कारोबारको औसत मूल्यमा सन् २००८ यता ४१.३ प्रतिशतले गिरावट आएको यहाँको केन्द्रीय बैंकले आइतबार जनाएको छ। 

यो मूल्य गिरावट आगामी केही समय अझै कायम रहने बताइएको छ । 

ग्रीक कर्जा सङ्कट सुरु भएसँगै सन् २००८ पछि नै घरजग्गाको कारोबार मूल्यमा भारी गिरावट आउन थालेको र झण्डै १० बर्षको अवधिमा कारोबार मूल्यमा ४१.३ प्रतिशतले कमी आएको ग्रीक आर्थिक दैनिक केर्दोस (नाफा) ले ग्रीक केन्द्रंीय बैंकलाई उद्धृत गर्दै आइतबार जनाएको छ। 

विद्यमान आर्थिक मन्दी, उच्च बेरोजगार दर, कर वृद्धि र कर तथा आर्थिक पक्षसम्बन्धी प्रणालीका साथसाथै सन् २०१५ को गृष्मकालमा भएको पूँजी नियन्त्रण नीतिले घरजग्गा कारोबारको मूल्यमा कमी आएको ग्रीक केन्द्रंीय बैंकको ठहर छ। 

बैंकको अध्ययन प्रतिवेदनअनुसार औसत घरजग्गा कारोबार मूल्यमा सन् २०१६ मा २.२ प्रतिशत, सन् २०१५ मा ५.१ प्रतिशत र सन् २०१४ मा ७.५ प्रतिशतले कमी आएको थियो। रासस÷सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell