बेँसीसहर (लमजुङ) : पूर्वी लमजुङको राइनासमा बसको ठक्करबाट आज राइनास– ११, प्यारजुङका ६९ वर्षीय गङ्गाराम गुरुङको मृत्यु भएको छ।
नारायणगणबाट लमजुङको बोराङतर्फ आउँदै गरेको ना ४ ख ९६ नं को बसले गुरुङलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट गुरुङको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी हवल्दार भूमिराज घिमिरेले जानकारी दिए।
गुरुङ प्यारजुङबाट चितवन बसाइँ सरेका थिए। बसाइँसराइको कागजपत्र मिलाउन नगरपालिका आएका बेला कार्यालय अगाडि नै दुर्घटना भएको राईनास नगरपालिकाका कार्यकारी अधिकृत नुरराज कडरियाले जानकारी दिए। बसका चालक र बसलाई धमिली कुवा प्रहरीले नियन्त्रणमा लिएको छ।