PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

अफगानिस्तानको प्रहरी जाँचचौकीमा आक्रमण हुँदा बाह्र प्रहरीको मृत्यु



रासस

अफगानिस्तानको प्रहरी जाँचचौकीमा आक्रमण हुँदा बाह्र प्रहरीको मृत्यु

लसकार गाह (अफगानिस्तान) : अफगानिस्तानको हेलमान्ड प्रान्तको प्रान्तीय राजधानी लसकार गाहमा रहेको प्रहरी जाँचचौकीमा मङ्गलबार १२ जना प्रहरीको मृत्यु भएको छ।
 
केन्द्रीय राजधानी काबुलदेखि ५५५ किलोमिटर दक्षिणतर्फ पर्ने लसकार गाहमा अचानक मङ्गलबार एकाबिहानै आक्रमणमा परी १२ जना प्रहरीको मृत्यु भएको स्थानीय सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन्।
 
प्रहरीहरु आफ्ना कार्यालयको कार्यमा खटिइरहेका बेला हातहतियारसहित आएर तालिवान आतङ्ककारी एकाएक आक्रमण गरेका थिए। यसमा प्रहरीभित्रकै व्यक्तिहरुको सहयोगी भूमिका रहेको हुनसक्ने अनुमान गरिएको सिन्ह्वा समाचार समितिलाई अधिकारीले जानकारी दिएका छन्।
 
तालिवानी नेता कारी युसुफ अहमदीले १२ जना प्रहरीको मृत्यु हुने गरी भएको यस आतङ्ककाकरी आक्रमणको जिम्मा लिएको बताएका छन्।
 
हेलमान्ड प्रान्तीय सरकारका प्रवक्ता ओमार जवाकले प्रहरी जाँचचौकीमा आक्रमण भएको घटनाको पुष्टी गरेका छन्। उनले भने, 'दुर्घटना भएको हो, तर घटनाका बारेमा अहिले विस्तृत विवरण प्राप्त नभएकोले अनुसन्धान जारी रहेको बताएका छन्।
 
हेलमान्डको छिमेकमा पर्ने कान्दाहर प्रान्तमा रहेको एक प्रहरी जाँचचौकीमा ४० दिनअघि भएका यस्तै घटनामा १६ प्रहरी अधिकारीको मृत्यु भएको थियो। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell