बेसीसहर (लमजुङ) : जिल्लामा असुरक्षितरुपले गर्भपतन गराउनेको संख्या बढेको सार्वजनिक भएको छ। असुरक्षित रुपले गर्भपतन गराउँदा समस्या बल्झिएपछि थप उपचारका लागि जिल्ला अस्पताल आउनेको सङ्ख्या बढेकाले सो घटना सार्वजनिक भएको हो। जिल्लाको सबैभन्दा ठूलो अस्पताल लमजुङ जिल्ला सामुदायिक अस्पतालमा गर्भपतन सेवा नभए पनि अन्यत्र गर्भपतन गराएर समस्यामा परेका बिरामी भने सो अस्पतालमा आउने गरेका छन्। अस्पतालको तथ्याङ्कअनुसार…
रुकुम : रुकुमको चौरजहारी नगरपालिका–८ घर्तीकाँडामा फेला परेको सकेट बमलाई चार दिनपछि सोमबार निष्क्रीय पारिएको छ। गत फागुन १३ गते स्थानीय जयप्रकाश बोहराले आफ्नो बारीमा तरुल खन्ने क्रममा सकेट बम फेला पारेका थिए। प्रहरी चौकी खोलागाउँ सर्केनाका अनुसार प्लास्टिकमा बेरिएको अवस्थामा दुई वटा सकेट बम फेला परेको थियो। बम निष्क्रीय गर्नका लागि सुर्खेतको ज्वालादल गणबाट क्याप्टेनको नेतृत्वमा चारजनाको बम डिस्पोजल…
दाङ : दाङमा अवैधरुपमा प्याथोलोजी र डेन्टल क्लिनिक सञ्चालन गर्ने दुईजना पक्राउ परेका छन्। लालमटिया–३, भालुवाङ बजारमा स्वर्गद्वारी डेन्टल क्लिनिक सञ्चालन गर्ने २६ वर्षीय समीर भण्डारी र भालुवाङ बजारमै मौसम प्याथोलोजी सेन्टर सञ्चालन गर्दै आएका २३ वर्षीय गौतम गिरीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए। भण्डारी र गिरीले प्याथोलोजी र डेन्टल क्लिनिक स्वीकृति नलिएरै…
लमजुङ : नेपाली सेनाको स्वास्थ्य शिविरबाट दुर्गमका ६०० भन्दा बढी नागरिकले सेवा लिएका छन् । उत्तरी लमजुङको विकट गाउँ घेर्मुमा नेपाली सेनाको पशुपतिप्रसाद गणद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट नागरिक लाभान्वित भएका हुन्। नागरिकसँगको सम्बन्धलाई नजिक बनाउनका लागि नेपाली सेनाले स्वास्थ्य शिविरको आयोजना गरेको हो। शिविरमा हाडजोर्नी, स्त्रीरोग, छाला, नाक, कान, दाँत एवम् आँखासम्बन्धी जाँच तथा उपचार सेवा प्रदान गरिएको थियो। …
बाबियाचौर : म्याग्दी जिल्लामा ७४ हजार जनाभन्दा बढीको तस्बिरसहितको मतदाता नामावली दर्ता भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार म्याग्दीमा हालसम्म ३८ हजार ७९२ जना महिला, ३५ हजार ४८३ पुरुष र एकजना तेस्रो लिङ्गीले तस्बिरसहितको मतदाता नामावली दर्ता गरेका छन्। विसं २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ मतदान गर्ने ५६ हजार ५५३ जना मतदाता रहेका थिए। पछिल्लो तीन वर्षयता १७…
गुल्मी : गुल्मीको एक निम्न माध्यमिक विद्यालयले सञ्चालन गरेको महोत्सवमा विद्यालयका लागि राम्रो आर्थिक सहयोग जुटाएको छ। जोहाङ गाविस–५ रितौदीमा रहेको ज्ञानोदय निमाविको लागि हालसम्म स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्ति र संघ संस्थालगायतबाट गरी महोत्सवको पहिलो दिनसम्म रु ७५ लाखभन्दा बढी आर्थिक सहयोग संकलन गरिएको महोत्सवका संयोजक एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए। विद्यालयमा अंग्रेजी माध्यमबाट…
गाईघाट : नेपाल पत्रकार महासंघ शाखा उदयपुरको दशौँ जिल्ला अधिवेशनबाट सोमबार भएको निर्वाचनमा भरत खड्काको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति निर्वाचित भएको छ । प्रेस चौतारी र प्रेस सेन्टरको सामूहिक गठबन्धन तथा अर्कोतिर प्रेस युनियनसहित साना अन्य पत्रकार समूहको कार्यगत एकता भएर भएको निर्वाचनमा चौतारी र सेन्टरको तर्फबाट भरत खड्का अध्यक्षमा निर्वाचित भएका हुन्। खड्काले युनियनका भक्तिविलास पोखरेललाई ३० मतविरुद्ध…
जुम्ला : जुम्लाको सिँजास्थित सिँजा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका अमरसिंह खत्री निर्विरोध निर्वाचित भएका छन्। सम्पूर्ण विद्यार्थी सङ्गठनको सहमतिका आधारमा सोमबार खत्री सभापतिमा निर्वाचित भएको स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत नवीन शर्माले जानकारी दिए। त्यसैगरी, उपाध्यक्षमा नेपाल क्रान्तिकारी विद्यार्थी संघका रवि बडुवाल र सचिवमा अखिल क्रान्तिकारीका तीर्थ तिरुवा निर्वाचित भएको निर्वाचन अधिकृत शर्माले बताए। यसैगरी, कोषाध्यक्षमा अखिल…
सोलुखुम्बु : सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सडक यातायात सेवा सुरु भएको छ वर्षपछि बसपार्क सञ्चालनमा ल्याइएको छ। २०६७ सालमा जिल्ला सदरमुकामसम्म सडक यातायातले जोडिएकोमा सोमबार पहिलो पल्ट बसपार्क सञ्चालनमा ल्याइएको हो। दूधकुण्ड नगरपालिका–५ सोलुखुम्बुमा जिल्ला विकास समितिले निर्माण सुरु गरेर करिब तीन वर्षदेखि अलपत्र अवस्थामा रहेको बसपार्कलाई यातायात व्यवसायीले मर्मत गरी सञ्चालनमा ल्याएका हुन्। आफूहरुले करिब दुई लाख ५० हजार लगानीमा…
काठमाडौँ : नेकपा एमालेको ३ नं प्रदेश सङ्गठन कमिटीमा विभिन्न १२ जना मनोनीत भएका छन्। कमिटी अध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार पार्टीको नियमावली अनुसार निम्नबमोजिम विभिन्न जिल्ला र विगतमा अञ्चल कमिटीमा रही काम गरेका कार्यकर्तालाई मनोनयन गरिएको छ। मनोनीत हुनेमा रामचन्द्र राई दनुवार (मकवानपुर), जगन्नाथ थपलिया (चितवन), सुरेन्द्र मोहन शर्मा (ललितपुर), महेश बस्नेत (भक्तपुर), गुरु बुर्लाकोटी (धादिङ), राजेन्द्र लोहनी…
रामपुर (पाल्पा) : दस वर्षे द्वन्द्वकालीन समयमा ध्वस्त भएको पाल्पा तानसेनको ऐतिहासिक दरबार पुनःनिर्माण हालै सम्पन्न भएको छ। १९८४ सालमा प्रताप शमशेरले निर्माण गरेको दरबार २०६२ माघ १८ गते तत्कालीन विद्रोही माओवादीको आक्रमणमा ध्वस्त भएको थियो। तीन रोपनी दुई आना क्षेत्रफलमा बनेको तीनतले दरबारमा ४५ कोठा रहेका छन्। २०६२ साल माघ ३ गते यस दरबारलाई सरकारले पाल्पा सङ्ग्रहालयको रुपमा…
काठमाडौँ : महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले यही फागुन २३ गते राष्ट्रपति महिला उत्थान कार्यक्रम कपिलवस्तुबाट प्रारम्भ गर्ने भएको छ। महिलालाई आयमूलक सीप प्रदान गरी उत्पादन, बजार र रोजगारसँग जोडने उद्देश्यले सो कार्यक्रम सुरु गर्न लागिएको हो। मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले आर्थिकरुपमा महिलालाई सशक्त बनाएर उनीहरुमाथि हुने हिंसा न्यूनीकरण गर्न सकिने बताए। राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गर्ने उक्त कार्यक्रम…
काठमाडौँ : नेपाल प्रेस युनियन काठमाडौँले आसन्न नेपाल पत्रकार महासङ्घ काठमाडौँको निर्वाचनका लागि परिचालन समिति गठन गरेको छ। शाखाका अध्यक्ष नकुल अर्यालको अध्यक्षतामा आज बसेको बैठकले आगामी चैत १ गते हुने काठमाडौँ महासङ्घको निर्वाचनका लागि युनियनका पूर्व वरिष्ठ उपाध्यक्ष दामोदरप्रसाद दवाडीको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो। सदस्यमा युनियन काठमाडौँ शाखाका सल्लाहकार, अध्यक्ष, पदाधिकारी, पत्रकार महासङ्घ काठमाडौँका…
राजविराज : सप्तरीको राजविराज नगरपालिकास्थित राजदेवी टोलमा आज बिहान फेला परेको सकेट बम निष्क्रिय पारिएको छ। राजविराज नगरपालिका–९ स्थित पिस जोन बोर्डिङ स्कुलका छेउमा राखिएको फोहरमा प्लास्टिकले बेरिएको अवस्थामा बम फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। राजविराजस्थित कृष्ण गणबाट नेपाली सेना, जिल्ला प्रहरी कार्यालयबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले बम निष्क्रिय पारेको प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए।…
सोलुखुम्बु : मौसम खराबीका कारण चार दिनदेखि पर्यटकीय बजार लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाइ उडान अवरुद्ध भएको छ। बाक्लो कुहिरोका कारण विमानस्थलको दृश्यता कम हुँदा उडान हुन नसकेको विमानस्थल स्रोतले जनाएको छ। पर्यटकीय मौसम सुरु भइसकेको अवस्थामा नियमित उडान अवरुद्ध हुँदा पर्यटक तथा स्थानीय व्यवसायी प्रभावित भएका छन्। अहिले सबै विमान कम्पनीका गरी दैनिक १०/१२ वटासम्म उडान तालिका हुने…
पाल्पा : जितगढी युद्धमा नेपाली फौजका सेनापति बनेका कर्नेल उजिरसिंह थापाको पूर्ण कदको सालिक पाल्पामा निर्माण भएको छ। पाल्पा उद्योग वाणिज्य सङ्घको छ लाख र चण्डीप्रसाद गणको झन्डै पाँच लाख बराबरको श्रमदानमा तानसेनको टुँडिखेलमा पूर्ण कदको सालिक निर्माण भएको हो। त्यहाँ थापाका साथै अरु दुई सैनिकको पनि सालिक निर्माण गरिएको सङ्घका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताए। चण्डीप्रसाद गणले सालिकको…
काठमाडौँ : नेकपा एमालेले यही फागुन २१ गतेदेखि सुरु गर्न लागेको मेची–महाकाली राष्ट्रिय अभियानमा सहभागी हुने स्वयंसेवकलाई नौ बुँदे आचारसंहिता जारी गरेको छ। आगामी चैत ५ गतेसम्म चल्ने सो अभियानका लागि जारी गरिएको आचारसंहितानुसार स्वयंसेवकले तोकिएको कार्य निर्धारित समयसीमाभित्र पूरा गर्नुपर्ने, ‘चेन अफ कमान्ड’मा परिचालित हुनुपर्ने, आवास तथा भोजनका लागि तोकिएको स्थान प्रयोग गर्नुपर्ने र अभियान अवधिभर मद्यपान र धूमपान…
पोखरा : पोखरा उपमहानगरपालिका– २७ हेम्जामा आठौँ हेम्जा आलु महोत्सव हुने भएको छ। ‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ नाराका साथ विष्णुपादुका क्लबको आयोजना यही फागुन २३ गतेदेखि सो महोत्सव हुन लागेको हो। विष्णु पादुका खेलमैनामा हुने उक्त महोत्सव अगामी चैत १ गतेसम्म चल्नेछ। महोत्सवमा आलु प्रदर्शन, आलुका विभिन्न परिकार, बाल उद्यान,…
हुम्ला : हुम्लामा रातिदेखि लगातार हिमपात भइरहेको छ। सदरमुकाम सिमीकोटमा हिमपात हुँदा अत्यधिक चिसो बढ्नाका साथै उत्तरी भेगका जनतालाई सदरमुकाम आउनजान गाह्रो भएको छ। दक्षिणी भेगका जनताले भने यसबाट बालीनाली राम्रो हुने बताएका छन्। कात्तिकदेखि हिमपात नहुँदा हेल्दुम साना जलविद्युत् आयोजनाले विद्युत्भार कटौती गर्दै आएका छन्। खानेपानीका मुहान सुक्दा पानीको पनि त्यत्तिकै अभाव भएको छ।
काठमाडौँ : सरकारले स्थानीय निकायको सङ्ख्याका सम्बन्धमा असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका माग सम्बोधनका लागि स्थानीय निकाय पुनःसंरचनामा सुझाव दिन गठित कार्यदलको अवधि थप्ने भएको छ। सत्तारुढ दल र मोर्चाका नेताहरुबीच संविधान संशोधन र स्थानीय निर्वाचनका सम्बन्धमा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सो समझदारी भएको हो। स्थानीय निकाय पुनःसंरचना आयोगले दिएको प्रतिवेदनमा मोर्चा असन्तुष्ट भएपछि सरकारले स्थानीय विकासमन्त्री हितराज…