PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

सप्तरीमा फेला परेको सकेट बम निष्कृय



रासस

राजविराज : सप्तरीको राजविराज नगरपालिकास्थित राजदेवी टोलमा आज बिहान फेला परेको सकेट बम निष्क्रिय पारिएको छ।
 
राजविराज नगरपालिका–९ स्थित पिस जोन बोर्डिङ स्कुलका छेउमा राखिएको फोहरमा प्लास्टिकले बेरिएको अवस्थामा बम फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। राजविराजस्थित कृष्ण गणबाट नेपाली सेना, जिल्ला प्रहरी कार्यालयबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले बम निष्क्रिय पारेको प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए।
 
बम फेला परेका ठाउँमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीको पर्चासमेत फेला परेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell