PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

पाल्पामा उजिरसिंहको पूर्ण कदको सालिक निर्माण



रासस

पाल्पा : जितगढी युद्धमा नेपाली फौजका सेनापति बनेका कर्नेल उजिरसिंह थापाको पूर्ण कदको सालिक पाल्पामा निर्माण भएको छ।
 
पाल्पा उद्योग वाणिज्य सङ्घको छ लाख र चण्डीप्रसाद गणको झन्डै पाँच लाख बराबरको श्रमदानमा तानसेनको टुँडिखेलमा पूर्ण कदको सालिक निर्माण भएको हो। त्यहाँ थापाका साथै अरु दुई सैनिकको पनि सालिक निर्माण गरिएको सङ्घका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताए।
 
चण्डीप्रसाद गणले सालिकको संरक्षण गर्दै आएको छ। जितगढी किल्लामा नेपाल–अङ्ग्रेज युद्धमा खटिएका थापाले तानसेनस्थित भगवती देवीसँग आशीर्वाद लिई अङ्ग्रेजलाई हराएका थिए। नेपाली फौजले विजय हासिल गरेपछि थापाले भगवती यात्रा पनि बर्सेनि निकाल्दै आएका थिए। सो जात्रा अहिले पनि हर्षौल्लासका साथ तानसेनमा मनाउने गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell