रसुवा : नेपाल पत्रकार महासङ्घ रसुवाको तेस्रो जिल्ला अधिवेशनले हेमनाथ खतिवडाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। निर्वाचन अधिकृत ऋषि अधिकारीका अनुसार उपाध्यक्षमा प्रेमप्रसाद पौडेल र महिला उपाध्यक्षमा अनु शर्मा, सचिवमा सीमा तामाङ, कोषाध्यक्षमा सूर्यबहादुर थोक्रा, सहसचिवद्वयमा प्रभाकर अधिकारी (खुला) र कमल तामाङ (समावेशी) रहेका छन्। त्यस्तै खुला सदस्यमा सरस्वती न्यौपाने, पूर्णिमा स्याङ्वा, विश्वास नेपाली, महिलातर्फ लक्ष्मी…
काठमाडौँ : विधायन समितिले मुलुकी ऐनलाई विस्थापन गर्दै देवानी र फौजदारी कानुनलाई संशोधन गरी संहिताकरण गर्न बनेको विधेयकलाई आज पारित गरेको छ। उक्त विधेयकमा मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधिसंहिता, मुलुकी फौजदारी संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता र फौजदारी कसुरमा दण्ड सजाय निर्धारण ऐनको मस्यौदा प्रतिवेदन समेटिएको छ। व्यवस्थापिका–संसद्मा केही दिनभित्रै छलफलका लागि प्रस्तुत गरिने उक्त विधेयक परित…
फलेवास (पर्वत) : जिल्लालाई तरकारी खेतीमा आत्मनिर्भर बनाउने अभियान सुरु भएको छ। जिल्ला कृषि विकास कार्यालयले तरकारी खेतीलाई वृहत्तर योजनाको रुपमा विकास गराउँदै आगामी केही वर्षभित्र जिल्लालाई आत्मनिर्भर बनाउने अभियान सुरु गरेको हो। जिल्लामा ८२० हेक्टर जग्गामा वार्षिक करिब १० हजार टन तरकारी उत्पादन हुँदै आएको छ। वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीका अनुसार जिल्लाको पाङराङ, नाङलीवाङ, शालिजा, लेकफाँट,…
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसद्मा छलफल र मतदानमा ल्याउनसमेत उपयुक्त नभएकाले आफूहरुले पारित गर्न नदिने बताएका छन्। एमालेले यही फागुन २१ बाट सञ्चालन गर्ने मेची-महाकाली राष्ट्रिय अभियानबारे आज विभिन्न सञ्चारमाध्यमका सम्पादक एवम् वरिष्ठ पत्रकारसँग पार्टीको केन्द्रीय प्रचार विभागले आयोजना गरेको अन्तक्र्रियामा अध्यक्ष ओलीले असन्तुष्ट मधेसी दललाई निर्वाचनमा ल्याउन सो प्रस्ताव टेबल गर्न…
काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का राष्ट्रिय स्वयम्सेवक नेपालको पहिलो सद्भावना दूत नियुक्त भएका छन्। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सिंहदरवारस्थित कार्यालयमा आज बसेको बैठकले भूकम्पपछि पुनःनिर्माणका लागि स्वयम्सेवक युवालाई सक्रिय बनाउन खड्कालाई सद्भावना दूतमा नियुक्त गरेको प्राधिकरणले जनाएको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलले विसं २०७२ को भूकम्पबाट ध्वस्त भएका भौतिक संरचना पुनःनिर्माण गर्नु…
बर्दिया : बर्दियाको सानोश्री ताराताल नगरपालिका–६ कुुसुम्वा बजारमा रहेको दिलबहादुर परियारको पसल ‘हाम्रो वस्त्रालय’मा मङ्गलबार आगलागी हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको छ। आगलागीबाट काँचो कपडा, सिलाइ मेसिन लगायतका सामान नष्ट भएको परियारले बताए। आगलागी के कारण भएको हो भन्ने विषयमा खुल्न नसकेको इलाका प्रहरी कार्यालय सानोश्री तारातालले बताएको छ। स्थानीयवासीका अनुसार विद्युत् सर्ट भई आगलागी भएको र…
दमौली : तनहुँको थप्रेक–८ भ्यागुतेकी एक १३ वर्षीया सुस्तः मनस्थिति भएकी बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले एक व्यक्तिलाई मङ्गलबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा श्याम्घा–१ निवासी ५२ वर्षीय अली महम्मद मिया रहेको जिल्ला प्रहरी कार्यालय मुद्दाफाँटका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले बताए। पाहुना बनेर आएका मियाले ती बालिकालाई ललाईफकाई गरी सोमबार राति साढे १ बजे बलात्कार गरेको प्रहरीले जनाएको छ।…
जुम्ला : चन्दननाथ नगरपालिका–५ भारतीवाडा जुम्लामा सयौँ वर्ष पुराना मानव कङ्काल भेटिएका छन्। घरमुली शिवलाल डाँगीको घरको सेफ्टी ट्याङ्की खन्ने क्रममा मानव कङ्काल भेटिएका हुन्। ट्याङ्की खन्दा छ फिट तल कङ्काल भेटिएका घरमूली डाँगीले जानकारी दिए। भेटिएका कङ्कालमा मानव खप्पर, हात खुट्टाको हड्डी लगायतका ३० वटा टुक्रा रहेका छन्। 'कृषि सुपरजोनको सेफ्टी ट्याङ्की, अमर सन्देश गेस्ट हाउस, जिल्ला…
इनरुवा : बिरामी बोक्ने एम्बुलेन्स पनि गाँजा तस्करी गर्न प्रयोग भइरहेको खुलासा भएको छ । एम्बुलेन्समा गाँजा तस्करी भइरहेको सूचनाका आधारमा प्रहरीले सातबोरा गाँजा लाँदै गरेको अवस्थामा एम्बुलेन्स र गाँजा बरामद गरेको छ। मङ्गलबार सुनसरीको हरिपुर–९ नेहरु पार्कस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको को १ च ५५०५ नंको याक्थाकु नावाहाङ चेम्जोङ वंश उत्थान संघको एम्बुलेन्सबाट गाँजा बरामद गरेको जिल्ला…
काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणमा आज आधिकारिक ट्रेड युनियनको निर्वाचन हुँदैछ। युनियनको निर्वाचनमा विभिन्न चार सङ्गठनले सहभागिता जनाएका छन्। नेपाल विद्युत् प्राधिकरण नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेविप्रा कर्मचारी सङ्घ, नेविप्रा कर्मचारी युनियन र नेविप्रा कर्मचारी परिषद्ले निर्वाचनमा भाग लिने भएका छन्। प्राधिकरणलाई सबल र सक्षम बनाउन प्राविधिक नेतृत्व नै आवश्यक रहेको र ‘उज्यालो नेपाल’ अभियानलाई सार्थक बनाउनु नै आफूहरुको…
रत्ननगर : चितवनको भरतपुरमा आगोले जलेर एकजनाको मृत्यु भएको छ । गएराति करिब १२ बजेको समयमा भरतपुर उपमहानगरपालिका–११ स्थित अमन चोकनजिकै स्थानीयवासी नरबहादुर कुमालको घरमा विद्युत् सर्ट भई आगो लाग्दा सो घटना भएको हो । सुतिरहेका बेला आगलागी हुँदा आगोले जलेर सोही घरमा बस्ने करिब ५५ वर्षीय वीरबहादुर कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको शवलाई…
विराटनगर : मोरङको बेलवारीमा आज बिहान टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ। ताप्लेजुङ घर भई हाल बेलवारीमा डेरा लिएर बसेका अन्दाजी ३० वर्षीय लक्ष्मी खरेलको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ। पुरानो बेलबारीस्थित राजमार्गमा उनलाई ठक्कर दिने ना ५ ख ५५१० नंको टिपरसहित चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।
राजविराज : सप्तरीको राजविराज–५ स्थित रुपनी रोडको छेउमा एउटा विद्यालयको परिसरभित्र सकेट बम फेला परेको छ। राजविराज–५ रुपनी रोडमा नै पर्ने लक्ष्मी इङ्गलिस बोर्डिङ स्कुल परिसरभित्र सो बम फेला परेको सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए। त्यहाँ फेला परेको बमलाई निष्क्रिय पार्नका लागि राजविराजस्थित कृष्ण गणबाट नेपाली सेना, जिल्ला प्रहरी कार्यालयबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी त्यहाँ पुगेको…
गुलरिया (बर्दिया) : पाँच दिनअगाडि ६ वर्षीया बालिकालाई बलात्कार गरेको विरोधमा बर्दियाको राजापुरका विभिन्न विद्यालयका विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्। बलात्कार गर्ने शिक्षकलाई कडाभन्दा कडा कारबाहीको माग राख्दै मंगलबार राजापुर बजारमा विद्यार्थीले विरोधस्वरुप नाराबाजी गर्दै नगर परिक्रमा गरेका हुन्। यस्ता गतिविधिमा संलग्न शिक्षकलाई सामाजिक बहिष्कारका साथै विद्यालयबाट निष्कासन गर्नुपर्ने विद्यार्थीले बताएका छन्। स्थानीय एक विद्यालयमा ६ वर्षीया बालिकालाई…
काठमाडौँ : तामाङ बौद्ध महासङ्घले सोमबार भएको २१४४ औँ ग्याल्पो ल्होसारको उपलक्ष्यमा आज पदयात्रा निकालेको छ। शेर्पा सेवा केन्द्रले बौद्धबाट निकालेको सो पदयात्रा चाबहिल, गौशाला, रातोपुल, पुतलीसडक हुँदै टुँडिखेलमा पुगेर समापन गरिएको छ। सो पदयात्रा शेर्पा जातिको वेशभूषा तथा संस्कृति झल्कने विभिन्न पहिचान र झाँकीसहित निकालिएको हो। विशेष गरी शेर्पा समुदायको नयाँ वर्षका रुपमा मनाइने हिमवत खण्डको पहाडी…
बनियानी (झापा) : हात्ती प्रभावित क्षेत्र झापाको बाहुनडाँगीमा हात्तीपीडितको सहयोग तथा ग्रामीण पर्यटन प्रवर्द्धनका लागि कोषको स्थापना गर्ने उद्देश्यले यही फागुन २० गतेदेखि ‘एसियाली ग्रामीण पर्यटन महोत्सव–२०१७’ हुने भएको छ। बाहुनडाँगी गाविस र आसपासका गाविस तथा नगरपालिका क्षेत्रमा रहेका सामाजिक सङ्घसंस्था तथा भारत, भुटान र बङ्गलादेशका पर्यटन प्रवर्द्धन गर्ने संस्थाको संयुक्त आयोजनामा साताव्यापी महोत्सव हुन लागेको हो। बाहुनडाँगी–१ स्थित हात्ती…
सिन्धुली : नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका अध्यक्षमा होमकुमार कार्की निर्वाचित भएका छन्। सोमबार राति सम्पन्न निर्वाचबाट प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको संयुक्त समूहबाट युनियनका कार्की सभापतिमा निर्विरोध निर्वाचित भएका हुन्। यस्तै महिला उपाध्यक्षमा चौतारीका विमला पाण्डे, सहसचिवमा प्रेस सोसाइटीका नवीन श्रेष्ठ र युनियनका वरुण लामिछाने निर्विरोध निर्वाचित भएका छन्। खुल्ला उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा सहमति…
दोलखा : दोलखाको पर्यटन विकासका लागि जिरी विमानस्थललाई पुनःसञ्चालनमा ल्याउने प्रस्ताव हालसम्म कार्यान्वयन हुन सकेको छैन। गत वर्ष फागुनमा विमानस्थल सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल क्षेत्र निरीक्षण गरी चाँडै सञ्चालनमा ल्याइने सपना देखाए पनि निरीक्षण गरेको वर्ष दिन पुगिसक्दा पनि प्रगति भने शून्य छ। यहाँको पर्यटन विकासका लागि निकै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विमानस्थल पुनःसञ्चालनका…
भीमदत्तनगर : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संविधान संशोधनका लागि समावेश गरिएका चार विषयमा कुनै समस्या नरहेको बताएका छन्। नेपाली काँग्रेस भीमदत्तनगर कार्यसमितिले आज भीमदत्त नगरपालिका–१२ ऐरीमा आयोजना गरेको कार्यक्रममा मन्त्री लेखकले नेपाली नागरिकसित विवाह गरेर आउने विदेशी महिलालाई दिइने वैवाहिक नागरिकता सीमा हेरफेरलगायतका विषय संविधान संशोधनमा उल्लेख भएको बताउँदै प्रदेश सीमा हेरफेरका विषयमा काँग्रेस र नेकपा एमालेबीच…
चितवन : चितवन जिल्लामा मतदाताको सङ्ख्या तीन लाख १६ हजार छ सय ५३ पुगेको छ। करिब उन्नाइस वर्षको अवधिमा मतदाताको सङ्ख्या ७५ हजार छ सय २५ ले वृद्धि भएको छ। २०५४ सालको स्थानीय निर्वाचनमा दुई लाख ४१ हजार २६ जना मतदाता थिए। जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कानुसार २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा जिल्लामा दुई लाख ७३ हजार आठ सय…