PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

टिपरको ठक्करबाट एक युवकको मृत्यु



रासस

विराटनगर : मोरङको बेलवारीमा आज बिहान टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ।
 
ताप्लेजुङ घर भई हाल बेलवारीमा डेरा लिएर बसेका अन्दाजी ३० वर्षीय लक्ष्मी खरेलको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ।
 
पुरानो बेलबारीस्थित राजमार्गमा उनलाई ठक्कर दिने ना ५ ख ५५१० नंको टिपरसहित चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell