PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

​चितवनमा आगोले जलेर एकजनाको मृत्यु



रासस

रत्ननगर : चितवनको भरतपुरमा आगोले जलेर एकजनाको मृत्यु भएको छ । 

गएराति करिब १२ बजेको समयमा भरतपुर उपमहानगरपालिका–११ स्थित अमन चोकनजिकै स्थानीयवासी नरबहादुर कुमालको घरमा विद्युत् सर्ट भई आगो लाग्दा सो घटना भएको हो । 

सुतिरहेका बेला आगलागी हुँदा आगोले जलेर सोही घरमा बस्ने करिब ५५ वर्षीय वीरबहादुर कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

उनको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ । आगो लाग्दा घरलगायत लत्ताकपडासमेत गरी करिब रु एक लाख ५० हजार बराबरको क्षति भएको जनाइएको छ। दमकलको सहयोगमा प्रहरी र स्थानीयवासीले आधा घन्टाको अन्तरालमै आगो निभाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell