PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

स्कुल परिसरभित्र सकेट बम भेटियो



रासस

राजविराज : सप्तरीको राजविराज–५ स्थित रुपनी रोडको छेउमा एउटा विद्यालयको परिसरभित्र सकेट बम फेला परेको छ।
 
राजविराज–५ रुपनी रोडमा नै पर्ने लक्ष्मी इङ्गलिस बोर्डिङ स्कुल परिसरभित्र सो बम फेला परेको सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए।
 
त्यहाँ फेला परेको बमलाई निष्क्रिय पार्नका लागि राजविराजस्थित कृष्ण गणबाट नेपाली सेना, जिल्ला प्रहरी कार्यालयबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी त्यहाँ पुगेको प्रहरी उपरीक्षक लोहनीले जानकारी दिए।
 
यसैबीच, बम फेला परेको ठाउँमा जनतान्त्रिक तराई मुक्ति मोर्चा, जयकृष्ण गोइत समूहको पर्चा फेला परेको प्रहरीले बताएको छ। यसअघि मङ्गलबार पनि राजविराज–९ स्थित पिसजोन बोर्डिङ स्कुलको छेउमा बम फेला परेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell