PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

नेपाल पत्रकार महासङ्घ सिन्धुलीको अध्यक्षमा कार्की निर्वाचित



रासस

सिन्धुली : नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका अध्यक्षमा होमकुमार कार्की निर्वाचित भएका छन्।
 
सोमबार राति सम्पन्न निर्वाचबाट प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको संयुक्त समूहबाट युनियनका कार्की सभापतिमा निर्विरोध निर्वाचित भएका हुन्। यस्तै महिला उपाध्यक्षमा चौतारीका विमला पाण्डे, सहसचिवमा प्रेस सोसाइटीका नवीन श्रेष्ठ र युनियनका वरुण लामिछाने निर्विरोध निर्वाचित भएका छन्।
 
खुल्ला उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा सहमति हुन नसकेपछि चौतारी र युनियनको संयुक्त समूह तथा प्रेस सेन्टरबीच निर्वाचन भएको थियो। त्यस्तै उपाध्यक्षमा टीकाजङ्ग थापा, सचिवमा विदुर पौडेल र कोषाध्यक्षमा लक्षमण घिमिरे निर्वाचित भएका छन्।
 
सदस्यमा विक्रम रत्न, सुजाता लामा, राधिका बुढाथोकी, जनक प्रधान, नवीनबाबु अधिकारी, धु्रवचन्द्र खड्का, पुष्कर थापा र अनिल भण्डारी निर्विरोध निर्वाचित भएका छन्।
 
यस्तै केन्द्रीय प्रतिनिधिमा सञ्जय दाहाल, द्वारिका काफ्ले, रमा कार्की, राजकुमार कार्की र श्यामहरि अधिकारी सर्वसम्मतले निर्वाचित भएका छन्। प्रदेश प्रतिनिधिमा विनोद रायामाझी, उमा पौडेल, लोकहरि आचार्य, शङ्खर कार्की, बाबुराम देवकोटा, प्रवीण बुढाथोकी र अञ्जु तामाङ दिमदोङ निवाचित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell