PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

बलात्कारको विरोधमा विद्यार्थीले गरे प्रदर्शन



रासस

गुलरिया (बर्दिया) : पाँच दिनअगाडि ६ वर्षीया बालिकालाई बलात्कार गरेको विरोधमा बर्दियाको राजापुरका विभिन्न विद्यालयका विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्।
 
बलात्कार गर्ने शिक्षकलाई कडाभन्दा कडा कारबाहीको माग राख्दै मंगलबार राजापुर बजारमा विद्यार्थीले विरोधस्वरुप नाराबाजी गर्दै नगर परिक्रमा गरेका हुन्। यस्ता गतिविधिमा संलग्न शिक्षकलाई सामाजिक बहिष्कारका साथै विद्यालयबाट निष्कासन गर्नुपर्ने विद्यार्थीले बताएका छन्।
 
स्थानीय एक विद्यालयमा ६ वर्षीया बालिकालाई जबर्जस्तीकरणी गरेको आरोपमा राजापुर नगरपालिका–११ निवासी ५४ वर्षीय दिवाकर उपाध्यायलाई प्रहरीले पक्राउ गरिसकेको बताएको छ।
 
उपाध्यायले बालिकालाई ललाईफकाई राजापुरस्थित अमर सहिद दशरथचन्द्र उच्च माविको प्राङ्गणमा करणी गरेको आरोप छ। उनीउपर जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइसकेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले बताएका छन्। कुनै पनि हालतमा यस्तो जघन्य किसिमको अपराध गर्नेलाई नछाडिने प्रहरी उपरीक्षक बोहोराले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell