PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

जुम्लामा भेटियो सयौं वर्ष पुरानो मानव कङ्काल



रासस

जुम्ला : चन्दननाथ नगरपालिका–५ भारतीवाडा जुम्लामा सयौँ वर्ष पुराना मानव कङ्काल भेटिएका छन्।
 
घरमुली शिवलाल डाँगीको घरको सेफ्टी ट्याङ्की खन्ने क्रममा मानव कङ्काल भेटिएका हुन्। ट्याङ्की खन्दा छ फिट तल कङ्काल भेटिएका घरमूली डाँगीले जानकारी दिए। भेटिएका कङ्कालमा मानव खप्पर, हात खुट्टाको हड्डी लगायतका ३० वटा टुक्रा रहेका छन्।
 
'कृषि सुपरजोनको सेफ्टी ट्याङ्की, अमर सन्देश गेस्ट हाउस, जिल्ला प्रशासनको भवन निर्माणदेखि बजारका अधिकांश ठाउँमा मानव कङ्काल भेटिँदै आएका छन्,' उनले भने।
 
भेटिएका यी कङ्काल आफूले सुरक्षित साथ बोरामा राखेको उनको भनाइ छ। इतिहासलाई केलाएर हेर्दा जुम्ला खलङ्गा सदरमुकाम तत्कालीन समयमा चिहानघाट थियो भन्ने कुरा स्थानीय बूढापाका बताउँछन्। उनीहरुका अनुसार हालको प्रतिष्ठान शिक्षण अस्पताल क्षेत्र पनि त्यति बेलाको चिहानघाट भएको र पहिले यो भूमि पानीले डुबेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell