PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

  • चिठ्ठीपत्रभन्दा बैंकिङ कारोबार गर्दै इलामका हुलाक, हालसम्म ६ करोड निक्षेप सङ्कलन

    चिठ्ठीपत्रभन्दा बैंकिङ कारोबार गर्दै इलामका हुलाक, हालसम्म ६ करोड निक्षेप सङ्कलन

    इलाम : बढ्दो आधुनिक प्रविधिको विकाससँगै हुलाकमा चिठ्ठीपत्र आदानप्रदान हुन छाडेपछि जिल्ला हुलाक कार्यालय इलामले बैंङ्किङ सेवा दिन थालेको छ। जिल्ला हुलाक कार्यालयअनुसार हुलाकले प्रदान गरेको बैङ्किङ सेवाबाट हालसम्म ६ करोड निक्षेप सङ्कलन भएको छ।   न्यूनतम ५० देखि एक सयसम्म बचत गर्न मिल्ने सो सेवामा हालसम्म दुई हजारभन्दा बढीले खाता खोलेका कार्यालयले जनाएको छ।   साधारण बचत खातामा तीन…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोल पम्प सञ्चालकद्वारा इन्धनमा कालोबजारी

    पेट्रोल पम्प सञ्चालकद्वारा इन्धनमा कालोबजारी

    गाईघाट (उदयपुर) : केही दिनदेखि डिजेल तथा पेट्रोलको वितरण असहज बन्दै जान थालेपछि उदयपुरको सदरमुकाम गाईघाट बजारलगायतका क्षेत्रमा तेलको कालाबजारी बढ्दै जान थालेको छ।   जिल्लाको सदरमुकाम गाईघाटलगायत नगर क्षेत्रमा चारवटा पेट्रोल पम्पबाट तेल वितरण गरिने भने पनि अधिकांश पम्पले ट्याङ्करबाट ढुवानी भएका तेल आधामात्र वितरण गर्ने र धेरै लुकाउने गरेपछि अहिले तेलको कालाबजारी बढ्दै जान थालेको एक स्थानीयवासी कृष्ण…

    विस्तृतमा पढ्नुस्

  • चिठ्ठा पर्‍यो भन्दै फेसबुकबाट ठगी गर्ने दुई पक्राउ

    चिठ्ठा पर्‍यो भन्दै फेसबुकबाट ठगी गर्ने दुई पक्राउ

    चितवन : पछिल्लो समय निकै चलेको सामाजिक सञ्जाल फेसबुकले विश्वलाई साँघुरो घेरामा ल्याएको छ। तर यसको दुरुपयोगका कारण धेरै नागरिक ठगिदै पनि आएका छन्। कतिपय यसबाट नराम्रो गरी पीडित समेत बनेका छन्। फेसबुककै कारण चितवनको सौराहाकी एक महिला ठगिएकी छन्।   रत्ननगर नगरपालिका–१८ सौराहाकी विमला न्यौपानेले विगत आठ महिनाको अन्तरालमा ४७ लाख २८ हजार रुपैयाँ ठगिएको बताइन्। उनलाई ठगी गर्ने…

    विस्तृतमा पढ्नुस्

  • सात वर्षीय बालकलाई हत्या गरेर फालियो

    महेन्द्रनगर (धनुषा) : धनुषाको पटेर्वा–१ बस्ने राजाराम यादवका सात वर्षीय छोरा रुपेश यादवको हत्या भएको छ।   जिल्ला प्रहरी कार्यालय, धनुषाले दिएको जानकारीअनुसार गत सोमबारदेखि बेपत्ता बालकको शव बुधबार साँझ घर नजिकैको गहुँखेतमा हत्या गरेर फालिएको अवस्थामा फेला परेको छ। घाँटीमा लगाएको मालाले नै बालकको घाँटी थिचेर हत्या गरिएको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ।   बालकका काका रामनाथ यादवका…

    विस्तृतमा पढ्नुस्

  • दाङमा बस र ट्रक ठोक्किँदा २३ घाइते, पाँचको अवस्था गम्भीर

    दाङमा बस र ट्रक ठोक्किँदा २३ घाइते, पाँचको अवस्था गम्भीर

    दाङ : राप्ती राजमार्गअन्तर्गत दाङको फूलबारीस्थित बखरिया मोडमा आज बिहान बस र ट्रक एकापसमा ठोक्किँदा २३ जना घाइते भएका छन्। सो घटनामा पाँचजनाको अवस्था गम्भीर रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिएका छन्।   घाइतेमध्ये राप्ती अञ्चल अस्पतालमा १८ जनाको उपचार भइरहेको छ भने पाँच गम्भीर घाइतेलाई अञ्चल अस्पतालको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको…

    विस्तृतमा पढ्नुस्

  • सुडानमा नयाँ प्रधानमन्त्री नियुक्त

    सुडानमा नयाँ प्रधानमन्त्री नियुक्त

    खार्तुम : सुडानका राष्ट्रपति ओमर अलबसिरले बुधबार नयाँ प्रधानमन्त्रीका रुपमा प्रथम उपराष्ट्रपति बाक्री हसन सलेहलाई नियुक्त गरेका छन्।   प्रथम उपराष्ट्रपति र प्रधानमन्त्री दुवै पदको जिम्मेवारी सम्हाल्ने गरी उनले सलेहलाई नियुक्त गरेका हुन्।   सत्तारुढ दल नेसनल कंग्रेस पार्टीका शीर्ष नेताहरुको बैठकले सलेहलाई दुवै पदको जिम्मेवारी दिने निर्णय गरेको राष्ट्रपतिका सहयोगी इब्राहिम महमोद हमिदले पत्रकारहरुलाई जानकारी दिए।   सलेहले यसअघि…

    विस्तृतमा पढ्नुस्

  • पाल्पाका १४ वर्षीय बालक पञ्चेबाजा बजाएर पढाइ खर्च जुटाउँदै

    सुशीला रेग्मी रामपुर (पाल्पा) : सिलुवा गाविसका १४ वर्षीय भीमबहादुर परियारले सहनाई बजाउँदै गरेको देख्ने जोकोही पनि अचम्मित हुन्छन्। उनले सहनाई बाजाको धुन निकालेपछि सबैमा उत्साह र रमाइलोपनको महसुस हुन्छ। उनी यही सहनाई बाजा बजाएर आफ्नो पढाइ खर्च जुटाउँदै आएका छन्।   सानै उमेरदेखि नै परियारले पञ्चेबाजामा विशेष चासो दिने गर्दथे। उनी लुकिछिपी बाजा बजाउन सिक्थे। अहिले परियार कुशल सहनाईबादकका…

    विस्तृतमा पढ्नुस्

  • जन्मँदै एचआइभीको सङ्क्रमणमा परेका पाँच बालबालिकाको कारुणिक कथा

    जन्मँदै एचआइभीको सङ्क्रमणमा परेका पाँच बालबालिकाको कारुणिक कथा

    कविता उपाध्याय लिबाङ (रोल्पा) : रोल्पामा पाँच बालबालिका जन्मँदै एचआइभी एड्स सङ्क्रमित भएका छन्। प्रवासी बावु तथा घरमा रहेकी आमाबाट जन्मेका निर्दोष पाँच बालबालिका एचआइभी एड्स सङ्क्रमित भएर जीवन जिउँदै आएको रोल्पा प्लसका अध्यक्ष राधा विकले जानकारी दिए।   उनका अनुसार वैदेशिक रोजगारीका शिलशिलामा विभिन्न मुलुकमा पुगेका युवा एचआइभी एड्स सङ्क्रमित भएर स्वदेश फर्किसकेपछि उनीहरुबाट जन्मेका बालबालिका एचआइभी एड्स सङ्क्रमित…

    विस्तृतमा पढ्नुस्

  • फागुन २३ देखि प्रथम पूर्वाञ्चल पुष्प व्यापार मेला हुने

    फागुन २३ देखि प्रथम पूर्वाञ्चल पुष्प व्यापार मेला हुने

    काठमाडौँ : पुष्प तथा आलङ्काकी बोट बिरुवाको व्यावसायिक विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले पूर्वाञ्चलका सुनसरी, मोरङ र झापा जिल्लामा प्रथम पूर्वाञ्चल पुष्प व्यापार मेला २०७३ गरिने भएको छ। पुष्पको व्यवसाय प्रवर्द्धन गर्न यही फागुन २३ देखि २५ गतेसम्म आयोजना गरिने मेलाको नारा ‘घर आँगन होस् या नदी किनारा, रोपी स्वदेशी फूल विरुवा बनाऔँ पूर्वाञ्चल हराभरा’ रहेको आयोजक संस्था फ्लोरिकल्चर…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा लगानी गर्न एसियाली पूर्वाधार बैंक तत्पर : अध्यक्ष जिन

    काठमाडौँ : उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग एसियाली पूर्वाधार बैंकका अध्यक्ष जिन लिक्कुनले आज अपराह्न अर्थमन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।   भेटका अवसरमा उपप्रधानमन्त्री महराले नेपालले अगाडि बढाउन खोजेका विकास निर्माणका ठूला परियोजनाहरुमा लगानी गर्न आग्रह गरे।   प्रत्युत्तरमा अध्यक्ष जिनले नेपालबाट प्रस्ताव हुने ठूला आयोजनामा लगानी गर्न बैंक तत्पर रहेको जानकारी दिँदै समयमै आयोजना सम्पन्न गर्नेतर्फ नेपालले ध्यान दिनुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • लगानीका लागि नेपाल उपयुक्त : भारतीय अर्थमन्त्री जेट्ली

    लगानीका लागि नेपाल उपयुक्त : भारतीय अर्थमन्त्री जेट्ली

    काठमाडौँ : भारतीय अर्थमन्त्री अरुण जेट्लीले बृहत् आर्थिक सम्भावना बोकेको नेपालमा लगानीका उपयुक्त अवसर रहेको बताएका छन्।   उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा आजदेखि काठमाडौँमा सुरु भएको दुईदिने ‘नेपाल लगानी सम्मेलन’मा विशेष सम्बोधन गर्दै उनले भारतले आर्थिक रुपमा सबल नेपाल देख्न चाहेको बताए। नेपालमा रहेका प्राकृतिक स्रोतलाई परिचालन गरेर मुलुकको…

    विस्तृतमा पढ्नुस्

  • पूर्वी चीनमा आँधी, छ जनाको मृत्यु

    पूर्वी चीनमा आँधी, छ जनाको मृत्यु

    जान्जीङ्ग (चीन) : चीनको जिआङ्गसु प्रान्तमा बुधबार अपराह्न तूफानी मौसमको कारण छ व्यक्तिको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएका छन्। चीनको जिआङ्गसु प्रान्तको विसी र यान्चेङ्ग सहरमा प्रतिघन्टा ११० किलोमिटरको गतिले तूफान आएको बताइएको छ। यस घटना परी घाइते भएका २० व्यक्तिको स्थानीय अस्पतालमा उपचार भइरहेको स्थानीय अधिकारीले जानकारी दिएका छन्। यस प्रकोपपछि स्थानीय सरकारले सङ्कटकालीन उद्धारको व्यवस्था…

    विस्तृतमा पढ्नुस्

  • मोसुलबाट विस्थापित हुनेको सङ्ख्या बढ्यो

    संयुक्त राष्ट्रसङ्घ : संयुक्त राष्ट्रसङ्घको मानवीय सहयोगसम्बन्धी निकायले उत्तरी इराकको दक्षिणी मोसुलमा भएको द्वन्द्वका कारण विस्थापित हुनेहरुको सङ्ख्या बढिरहेको जनाएका छ। गत फेब्रुअरी २५ देखि अहिलेसम्म दैनिक चार हजारको दरले उनीहरु विस्थापित भएका राष्ट्रसङ्घका प्रवक्ताले बुधबार जानकारी दिएका छन्।   'असुरक्षाका कारण विस्थापित भएका परिवारलाई शिविरमा राखेर मानवीय सहायता प्रदान गरिएको छ,' उनले पत्रकार सम्मेलनमा भने।   उनले मानवीय सहायता…

    विस्तृतमा पढ्नुस्

  • राजधानीमा स्वाइन फ्लुका बिरामी फेला

    कल्पना पौडेल काठमाडौँ : गर्मीयामको सुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्वरोको उपचार गर्न आएका एक व्यक्तिमा स्वाइन फ्लु देखिएको छ।   अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ललितपुरका एक पुरुषमा सो रोगको भाइरस पुष्टि भएको जानकारी दिए। नेपालमा गत वर्षको बर्खायाममा स्वाइन फ्लुको भाइरस देखिए पनि यस पटक निकै अगाडि सो रोगको भाइरस देखिएको डा. पुनले…

    विस्तृतमा पढ्नुस्

  • नेपाल एफएम प्रतिष्ठानको अध्यक्षमा ढकाल निर्वाचित

    काठमाडौँ : नेपाल पत्रकार महासङ्घ नेपाल एफएम प्रतिष्ठान शाखाको छैटौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले वैकुण्ठ ढकालको अध्यक्षतामा आज नयाँ कार्यसमिति निर्वाचित गरेको छ।   काठमाडौँमा आज भएको अधिवेशनले उपाध्यक्षमा शोभा घिमिरे र टोमा लामा, सचिवमा रघुनाथ बजगार्इं, सहसचिवमा ईश्वरी बराल र सम्झना पौडेल, कोषाध्यक्षमा रामकुमार शाही तथा सदस्यमा लक्ष्मी थापा, निशा बास्कोटा, दिव्या दुलाल र सुरेन्द्र लामिछाने सर्वसम्मत चयन…

    विस्तृतमा पढ्नुस्

  • बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    विराटनगर : यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकल चालक टङ्कीसिनुवारी–८ बस्ने २० वर्षीय खेलु माझीको आज मृत्यु भएको छ। को ४ प २४९८ नंको मोटरसाइकलमा गइरहेका बेला टङ्कीसिनुवारी– ५ स्थित बाँसवारी चोकमा बिहान १०.३० बजे विराटनगरबाट धरानतर्फ जाँदै गरेको को १ ख ४९०९ नंको यात्रुबाहक बसले ठक्कर दिएपछि उनी घाइते भएका थिए। उपचारका लागि न्यूरो अस्पताल लैजाने क्रममा उनको बाटामै मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • माटोको ढिस्को खस्दा दुई महिलाको मृत्यु, आठ घाइते

    कालीकोट : घरको जग खार्ने कामका लागि सदरमुकाम मान्ममा रातो माटो लिन जाँदा ढिस्काले पुरिएर दुई महिलाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।   मृतकको नाम भने खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय कालीकोटले मृत्युको पुष्टि नभएको बताए पनि स्थानीयवासीले भने घटना सही भएको जनाएका छन्। घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको स्थानीयवासी निर्मल पाण्डेले बताए। स्थानीयवासीले…

    विस्तृतमा पढ्नुस्

  • हङ्गेरीले जलविद्युत् उत्पादनका लागि नेपाललाई एघार अर्ब ऋण दिने

    काठमाडौँ : हङ्गेरीले नेपालमा जलविद्युत् उत्पादनका लागि (१०० मिलियन युरो) करिब ११ अर्ब २० करोड ऋण सहयोग एक प्रतिशत भन्दा कम ब्याजदरमा उपलब्ध गराउने भएको छ।   हङ्गेरीका विदेशमन्त्री पिटर सिजार्ताले परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँगको भेटका क्रममा सो जानकारी दिएका हुन्। राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ३४ औं सत्रमा सम्बोधनका लागि हाल जेनेभामा रहेका परराष्ट्रमन्त्री डा. महत र हङ्गेरीका विदेशमन्त्री सिजार्तोबीच मङ्गलबार…

    विस्तृतमा पढ्नुस्

  • वैदेशिक लगानी भित्र्याउन भोलि र पर्सी 'नेपाल लगानी सम्मेलन' हुँदै

    काठमाडौँ : नेपालको आर्थिक विकासको मेरुदण्ड मानिएका नौ क्षेत्रमा केन्द्रित रहेर वैदेशिक लगानी भित्र्याउन राजधानीमा भोलिदेखि ‘नेपाल लगानी सम्मेलन’ हुँदैछ।   सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादनलगायतका क्षेत्रसँगसम्बन्धित विभिन्न विषयगत सत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिने आयोजक उद्योग मन्त्रालयले जनाएको छ।   नेपाललाई लगानीको आकर्षक गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यका साथ यही…

    विस्तृतमा पढ्नुस्

  • नेपाल पत्रकार महासङ्घ धनुषा अध्यक्षमा अनिल मिश्र पुनः विजयी

    महेन्द्रनगर (धनुषा) : नेपाल पत्रकार महासङ्घ धनुषाको अध्यक्ष पदमा अनिल मिश्र पुनः दोस्रो पटक निर्वाचित भएका छन्।   मिश्र ७० मत ल्याई विजयी भएको छन् भने उनका निकटतम प्रतिद्वन्दी नवलकिशोर यादवले ५६ मत प्राप्त गरेका छन्।   उपाध्यक्षमा धर्वेन्द्र झाले ५४ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्र रमणले ५३ मत प्राप्त गरेका थिए भने उपाध्यक्षका अर्का…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell