PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

सुडानमा नयाँ प्रधानमन्त्री नियुक्त



रासस

सुडानमा नयाँ प्रधानमन्त्री नियुक्त

खार्तुम : सुडानका राष्ट्रपति ओमर अलबसिरले बुधबार नयाँ प्रधानमन्त्रीका रुपमा प्रथम उपराष्ट्रपति बाक्री हसन सलेहलाई नियुक्त गरेका छन्।
 
प्रथम उपराष्ट्रपति र प्रधानमन्त्री दुवै पदको जिम्मेवारी सम्हाल्ने गरी उनले सलेहलाई नियुक्त गरेका हुन्।
 
सत्तारुढ दल नेसनल कंग्रेस पार्टीका शीर्ष नेताहरुको बैठकले सलेहलाई दुवै पदको जिम्मेवारी दिने निर्णय गरेको राष्ट्रपतिका सहयोगी इब्राहिम महमोद हमिदले पत्रकारहरुलाई जानकारी दिए।
 
सलेहले यसअघि पनि विभिन्न मन्त्रालयको जिम्मेवारी र राजनीतिक पदहरुमा रहेका काम गरिसकेका छन्।
 
उनले सुडानको राष्ट्रिय सुरक्षा सेवाको प्रमुख, सुरक्षा मामिलामा राष्ट्रपतिका सल्लाहकार, गृहमन्त्री, रक्षामन्त्री लगायतका जिम्मेवारी पुरा गरेका थिए। उनी सन् २०१३ मा प्रथम उपराष्ट्रपति बनेका हुन्।
 
गत वर्षको अक्टुबरमा भएको सुडानको राष्ट्रिय वार्ता सम्मेलनले प्रधानमन्त्री पद सृजना गर्ने निर्णय गरे बमोजिम गत डिसेम्बरमा त्यस पदलाई संविधानमा समावेश गरिएको थियो।
 
सोही संवैधानिक व्यवस्थाअनुसार सम्मेलनको निष्कर्ष कार्यान्वयन गर्न गत मङ्गलबार सत्तारुढ दल एनसीपी र राष्ट्रपति बासिरले प्रधानमन्त्री चयन गरेका हुन्। रासस/सिन्ह्वा 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell