PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

नेपाल पत्रकार महासङ्घ धनुषा अध्यक्षमा अनिल मिश्र पुनः विजयी



रासस

महेन्द्रनगर (धनुषा) : नेपाल पत्रकार महासङ्घ धनुषाको अध्यक्ष पदमा अनिल मिश्र पुनः दोस्रो पटक निर्वाचित भएका छन्।
 
मिश्र ७० मत ल्याई विजयी भएको छन् भने उनका निकटतम प्रतिद्वन्दी नवलकिशोर यादवले ५६ मत प्राप्त गरेका छन्।
 
उपाध्यक्षमा धर्वेन्द्र झाले ५४ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्र रमणले ५३ मत प्राप्त गरेका थिए भने उपाध्यक्षका अर्का उम्मेदवार घनश्याम मिश्रले ३५ र दीपेन्द्र सिंहले २६ मत प्राप्त गरेका थिए।
 
त्यसैगरी महिला उपाध्यक्षमा मनिका झा, सचिवमा पुरण शाह रौनियार, सहसचिवमा नवीन सिंह, समावेसी सचिवमा अकुल शाह र कोषाध्यक्षमा अवधेश कामत निर्वाचित भएका छन् भने महिला कोटाको सदस्यमा प्रतिभा झा, मधेसी सदस्यमा फुलगेन मुखिया, जनजाति सदस्यमा अर्जुन मण्डल तथा खुल्ला सदस्यहरुमा नेहा झा, जयन्त ठाकुर, नीरन्जन शाह, बबलु चौधरी, दीपेश मल्लिक, गोविन्द महतो, चयन भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell