PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



रासस

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विराटनगर : यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकल चालक टङ्कीसिनुवारी–८ बस्ने २० वर्षीय खेलु माझीको आज मृत्यु भएको छ।

को ४ प २४९८ नंको मोटरसाइकलमा गइरहेका बेला टङ्कीसिनुवारी– ५ स्थित बाँसवारी चोकमा बिहान १०.३० बजे विराटनगरबाट धरानतर्फ जाँदै गरेको को १ ख ४९०९ नंको यात्रुबाहक बसले ठक्कर दिएपछि उनी घाइते भएका थिए। उपचारका लागि न्यूरो अस्पताल लैजाने क्रममा उनको बाटामै मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

बससहित चालक प्रहरीको नियन्त्रणमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell