PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

नेपालमा लगानी गर्न एसियाली पूर्वाधार बैंक तत्पर : अध्यक्ष जिन



रासस

काठमाडौँ : उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग एसियाली पूर्वाधार बैंकका अध्यक्ष जिन लिक्कुनले आज अपराह्न अर्थमन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।
 
भेटका अवसरमा उपप्रधानमन्त्री महराले नेपालले अगाडि बढाउन खोजेका विकास निर्माणका ठूला परियोजनाहरुमा लगानी गर्न आग्रह गरे।
 
प्रत्युत्तरमा अध्यक्ष जिनले नेपालबाट प्रस्ताव हुने ठूला आयोजनामा लगानी गर्न बैंक तत्पर रहेको जानकारी दिँदै समयमै आयोजना सम्पन्न गर्नेतर्फ नेपालले ध्यान दिनुपर्ने सुझाव दिएको अर्थमन्त्रालयले जनाएको छ।
 
‘नेपाल लगानी सम्मेलन’मा भाग लिन उच्चस्तरीय बैंकका प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष जिन बुधबार काठमाडौँ आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell