PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

मोसुलबाट विस्थापित हुनेको सङ्ख्या बढ्यो



रासस

संयुक्त राष्ट्रसङ्घ : संयुक्त राष्ट्रसङ्घको मानवीय सहयोगसम्बन्धी निकायले उत्तरी इराकको दक्षिणी मोसुलमा भएको द्वन्द्वका कारण विस्थापित हुनेहरुको सङ्ख्या बढिरहेको जनाएका छ।

गत फेब्रुअरी २५ देखि अहिलेसम्म दैनिक चार हजारको दरले उनीहरु विस्थापित भएका राष्ट्रसङ्घका प्रवक्ताले बुधबार जानकारी दिएका छन्।
 
'असुरक्षाका कारण विस्थापित भएका परिवारलाई शिविरमा राखेर मानवीय सहायता प्रदान गरिएको छ,' उनले पत्रकार सम्मेलनमा भने।
 
उनले मानवीय सहायता साझेदार हिजो मात्रै त्यस क्षेत्रमा प्रवेश गर्न सफल भएको बताए।
 
इराकी प्रधानमन्त्री हैदर अल अवाडीले गत जनवरीमा इस्लामिक स्टेटका लडाकुहरु विरुद्ध १०० दिने लडाइको घोषणा गरेका थिए। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell