PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

पूर्वी चीनमा आँधी, छ जनाको मृत्यु



रासस

पूर्वी चीनमा आँधी, छ जनाको मृत्यु

जान्जीङ्ग (चीन) : चीनको जिआङ्गसु प्रान्तमा बुधबार अपराह्न तूफानी मौसमको कारण छ व्यक्तिको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएका छन्।

चीनको जिआङ्गसु प्रान्तको विसी र यान्चेङ्ग सहरमा प्रतिघन्टा ११० किलोमिटरको गतिले तूफान आएको बताइएको छ। यस घटना परी घाइते भएका २० व्यक्तिको स्थानीय अस्पतालमा उपचार भइरहेको स्थानीय अधिकारीले जानकारी दिएका छन्।

यस प्रकोपपछि स्थानीय सरकारले सङ्कटकालीन उद्धारको व्यवस्था मिलाएको जनाइएको छ । रासस/सिन्ह्वा 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell